१५ असार २०८३, सोमबार

नेपाल आइडल विरुद्धको मुद्धाको वहस सकियो, के आउला आदेश ?

कात्तिक २०, २०७४
नेपाल आइडल विरुद्धको मुद्धाको वहस सकियो, के आउला आदेश ?
चर्चित रियालिटी शो नेपाल आइडिल विरुद्ध काठमाडौं जिल्ला अदालतमा दर्ता भएको मुद्दामा बहस भएको
छ ।

बहस सकिएको भएपनि फैसला भने सार्वजनिक भएको छैन ।

एपीवान टेलिभिजनबाट प्रस्तुत हुँदै आएको सांगीतिक कार्यक्रममा टप ४ मध्ये एक जनाको गत हप्ता एलिमिनेट नगरेको भन्दै अधिवक्ता यज्ञमणि न्यौपानेले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेका थिए ।

अधिवक्ता न्यौपानेले कार्यक्रमका जजहरुले आफू अनुकुलको प्रतिस्पर्धीले पर्याप्त भोट नपाएका कारण रिटल्ट सार्वजनिक नगरेको कारण मुद्दा दर्ता गरेको बताए ।

उनले गलत मनसायका कारण रिजल्ट सार्वजनिक नभएका कारण करार ऐन २०५६ को दफा ८७ को उपदफा १ र २ बमोजिम आइडल विरुद्ध मुद्दा दायर गरेको उनले बताए ।

तर सामाजिक सञ्जाल प्रयोग कर्ताहरले भने लोकप्रियताको लागि न्यौपानेले नेपाल आइडल विरुद्ध मुद्दा दायर गरेको भन्दै आलोचना गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्