१० असार २०८३, बुधबार

नेपाल आइडल रोक्न अदालतको अन्तरिम आदेश (आदेश सहित)

कात्तिक २०, २०७४
नेपाल आइडल रोक्न अदालतको अन्तरिम आदेश (आदेश सहित)

काठमाडौं, २१ भदौ -  काठमाडौं जिल्ला अदालतले नेपाल आइडल नामक रियालीटी सो रोक्नका लागि अल्पकालिन अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश दिवाकर भट्टको एकल इजलासले भदौ २३ गते सम्म भोट नगन्न एपिवान टेलिभिजनको नाममा अन्तरकालिन अन्तरिम आदेश दिएको छ ।

अधिवक्ता यज्ञमणि न्यौपानले एपी वानबाट प्रशारण भइरहेको नेपाल आइडलले करार ऐनको दफा ८७ उल्लंघन गरेको भन्दै सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।

अदालतमा यज्ञमणि न्यौपाने, प्रमिला कायस्थ, रक्ष बहादुर रैका, ममता महर्जन र सरिता अधिकारीले बहस गरेका थिए ।

न्यौपानले एपिवान टेलिभिनजले एक पक्षिय रुपमा करार ऐनको उल्लंघन गरेको भन्दै दाबी गरेको छ । अदालतले भदौ २३ गते विहान १० बजे दुबै पक्ष बीच छलफल गरेर यो विषय टुंग्याउन आवश्यक भएको समेत बताएको छ ।

अब भदौ २३ गते सम्म भोट गन्ने लगायतका काम हुने छैनन् ।

salt training

कमेन्ट गर्नुहोस्