१५ असार २०८३, सोमबार

फिल्म ‘टुल्की’ र ‘हुक्का’ आजबाट प्रदर्शनमा

फिल्म ‘टुल्की’ र ‘हुक्का’ आजबाट प्रदर्शनमा

फ्राइडे रिलिज अन्तर्गत शुक्रवार (आज)बाट दुई नेपाली फिल्म प्रदर्शनमा आएका छन् । ‘टुल्की’ र ‘हुक्काः एन एब्सर्ड ड्रिम’ले आफ्नो प्रदर्शन आरम्भ गरेका हुन् । 

देव थापाको निर्देशन रहेको ‘टुल्की’ बहुपति प्रथामा आधारित फिल्म हो । यो फिल्ममा शिशिर वाङ्देल, स्वस्तिमा कार्की, सोम लामा, हिमाली हिमाल, रत्न प्रसाद न्यौपाने, शेखर लामा, लक्ष्मी देवकोटा लगायतको अभिनय छ ।

यस्तै, शम्भु थापाको निर्देशन रहेको ‘हुक्का’ अग्रजले प्रयोग गर्ने हुक्कासँग जोडिएको मनोविज्ञानमा आधारित फिल्म हो ।

प्रकाश घिमिरे, प्रमिला खनाल, तेज गिरी, अशु न्यौपाने लगायतको अभिनय यस फिल्ममा हेर्न सकिन्छ । 

salt training

कमेन्ट गर्नुहोस्