
एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले पशुपतिमा हालिएको जलहारी पित्तलको भएको प्रमाणित गर्न चुनौती दिएका छन् ।
१० जेठमा सत्तापक्ष माओवादी सांसद लेखनाथ दाहालले पशुपतिमा केपी ओली नेतृत्वको सरकारले पित्तलको जलहरी लगाएको आरोप लगाएपछि नेम्वाङले यस्तो चुनौती दिएका हुन् ।
‘मैंले तीनपटक सुनेँ । उहाँले सुनको जलहरीको नाममा पशुपतिनाथमा पित्तलको जलहरी लगाएर भ्रष्टाचार गर्ने काम भएको छ भन्नुभएको छ । मेरो पार्टीमाथि, प्रतिपक्षीमाथि यत्ति गम्भीर आरोप ? प्रतिपक्षीलाई गभर्मेन्ट इन वेटिङ भनिन्छ’ उनले भने, ‘उहाँहरूले भनेपछि होला भन्ने हुन्छ । यत्ति गम्भीर आरोप टाउकोमा बोकेर हामी कसरी संसद्मा प्रस्तुत हुन सक्छौं ? म कसरी यो आरोपलाई बोकेर हिँडौं । यसलाई राफसाप गर्नुपर्छ । सुनको जलहरी होइन भन्ने प्रमाणित गरियोस, कारवाही गरियोस ।’
जलहरीको विषयलाई लिएर नेकपा एमालेले विरोध गरेपछि प्रतिनिधिसभाको बैठक २० मिनेट स्थगित भएको थियो ।