जेठ १४, २०८०
चालु आर्थिक वर्ष २०७९/८० मा आर्थिक वृद्धिदर २ दशमलव १६ प्रतिशतमा सीमित हुने भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आइतवार प्रतिनिधि सभा बैठकमा आर्थिक सर्वेक्षण पेश गर्दै आर्थिक वृद्धिदर २ दशमलव १६ प्रतिशतमा सीमित...
नेपाल चेम्बर अफ कमर्सले भन्सार प्रशासनलाई चुस्त एवं करको दायरा फराकिलो बनाउन आग्रह गरेको छ ।
भन्सार कर तथा राजस्व सम्बन्धमा आयोजना गरिएको अन्तरक्रियामा उद्योगी–व्यवसायीले निर्यात सहजीकरण एवं करको दायरा बढाउन सरकारसँग माग गरेका छन् ।
चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले राजस्व घटिरहेको सन्दर्भमा कर प्रशासनलाई चुस्त बनाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्सार प्रयोजनका लागि सन्दर्भ मूल्यलाई खारेज गरी कारोबार मूल्यलाई मान्यता दिनुपर्नेमा जोड दिए । अध्यक्ष मल्लले भने, “विश्व व्यापार सङ्गठनबाट निर्धारित मूल्याङ्कन पद्धतिमा रहेर भन्सार प्रयोजनका लागि सन्दर्भ मूल्यलाई खारेज गरी कारोबार मूल्यलाई मान्यता दिनुपर्दछ ।”
भन्सार नाकामा अन्तर्राष्ट्रियस्तरको क्वारेन्टिन प्रयोगशालाको उचित व्यवस्थापन गरेर आयात निर्यातलाई प्रभावकारी बनाउनसमेत अध्यक्ष मल्लले आग्रह गरेका छन् । भन्सार कार्यालयका कारणले हुने ढिलाइमा डेमरेज, डिटेन्सन तिर्नुपर्ने अवस्थाको निराकरण हुनुपर्ने उनको भनाइ छ ।
अध्यक्ष मल्लले सीमामा हुने अवैध व्यापारलाई निरुत्साहित गरी कर तथा राजस्वको दायरामा ल्याउनुपर्नेमा समेत जोड दिए । सोका लागि बिल लिने/दिने व्यवस्थालाई अनिवार्य रुपमा कार्यान्वयन गर्नसमेत उनले सरकारको ध्यानाकर्षण गराए । करको दर वृद्धि गरिनुभन्दा दायरा बढाइनुपर्ने भन्दै अध्यक्ष मल्लले यसका लागि नागरिकता वितरण गर्दासँगै पान कार्ड पनि दिलाउनुपर्ने बताए ।
अन्तरक्रियामा सहभागी अधिकांश उद्योगी व्यवसायीले सरकारले दिने निर्यात अनुदानलाई लक्षित वर्गमा पुर्याउनुपर्नेमा जोड दिएका थिए ।
चालु आर्थिक वर्ष २०७९/८० मा आर्थिक वृद्धिदर २ दशमलव १६ प्रतिशतमा सीमित हुने भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आइतवार प्रतिनिधि सभा बैठकमा आर्थिक सर्वेक्षण पेश गर्दै आर्थिक वृद्धिदर २ दशमलव १६ प्रतिशतमा सीमित...
नारायणी अटो बिजनेस प्रालिले ‘सिएट सपी’ नामक सिएट टायरको नयाँ शोरुम शुरू गरेको छ । सिएट इण्डिया अन्तर्गत अन्तर्राष्ट्रिय व्यापारका भाइस प्रेसिडेन्ट सत्य रावले आज ललितपुरको बालकुमारीमा नयाँ शोरुम...
मोरङका छोटी भन्सार कार्यालयहरूको आम्दानीभन्दा खर्च बढी हुने गरेको पाइएको छ । स्थापना भएका कुल ९ छोटी भन्सारमध्ये ६ वटा बन्द भइसकेका छन् । सञ्चालनमा रहेका ३ मध्ये पनि एउटाले मात्र राजस्व संकलन गर्ने गरेको...
लुम्बिनी केबलकार भोलि (सोमवार)बाट व्यावसायिक रूपमा सञ्चालनमा आउने भएको छ । आइएमई ग्रुपको पाँच अर्ब लगानीमा निर्माण भएको केबलकार बुटवल उपमहानगरपालिका–३ बमघाटदेखि पाल्पाको तिनाउ गाउँपालिका–३ ...
शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १७ दशमलव ३८ अङ्कले ओरालो लागेर एक हजार नौ सय ४१ दशमलव ७४ मा पुगेको छ । ठूला कम्पनीको शेयर क...
पाटा एनुअल समिट तथा एड्भेन्चर मार्ट कर तिर्न तयार भएको छ । ८ जेठमा ‘पर्यटन बोर्डको खर्चमा पाटाको सम्मेलन, कानूनविपरीत डलर असुली, कर छलीको प्रयास !’ शीर्षकमा लोकान्तरमा समाचार सार्वजनिक भएपछि पाटा क...
सामान्यतया रूपान्तरण भन्नाले कुनै पनि वस्तुको रूप वा गुणमा परिवर्तन वा बदलाव, संस्था, समाज या व्यक्तिको चेतना वा गुणवत्तामा आधारभूत परिवर्तन वा सुधार भन्ने जनाउँछ । अंग्रेजीमा 'ट्रान्सफर्मेशन'...
हाम्रो सडकमा सधैँ एउटा नारा गुञ्जिरह्यो, ‘भ्रष्टाचारीलाई फाँसी दे !’ यो नारा सडकले त सुन्यो, तर सदनले कहिल्यै सुनेन । सर्वसाधारण जनता आजित भएर भ्रष्टाचारीलाई ‘मारिदे’ भनेका हुन् । नागर...
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रपञ्चको पूरै पर्दाफास हुन अझै केही समय लाग्ला । यो प्रकरणलाई नेपाली समाजको चेत रत्तिभर बदलिएको छैन भन्ने एउटा गतिलो उदाहरणका रूपमा लिन सकिन्छ । गणतन्...