जेठ ३, २०८०
कर्मचारी सञ्चय कोषले कर्मचारी नियुक्तिका लागि आवेदन आह्वान गरेको छ । कोषमा रिक्त रहेका पदमा स्थायी पद पूर्तिका लागि कोषले आवेदन आह्वान गरेको हो । कोषले आठौँदेखि पाँचौँ तहसम्मका लागि दरखास्त आह्वान गरे...
काठमाडाैं | जेठ १२, २०८०
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले सरकार वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउने प्रयासमा रहेको बताएका छन् ।
प्रवासी नेपाली समन्वय समितिको साझेदारीमा श्रम रोजगार पत्रकार समूहले स्थापना गरेको ‘श्रम रोजगार पत्रकारिता पुरस्कार–२०७९’ हस्तान्तरण समारोहलाई आज सम्बोधन गर्दै उनले वैदेशिक रोजगारीलाई मर्यादित, सम्मानित र सुरक्षित गर्ने सरकारको लक्ष्य रहेको बताए ।
“खुला अर्थतन्त्र र विश्वव्यापीकरणको अहिलेको सन्दर्भमा श्रम बजारको ‘मुभमेन्ट’ लाई व्यवस्थित बनाउनुपर्छ”, उनले भने, “अहिलेको विश्वव्यापीकरणको फाइदा नेपालले पनि लिनुपर्छ, यसलाई अवसरका रूपमा लिँदै मुलुकलाई समृद्ध बनाउनुपर्छ ।”
मन्त्री भण्डारीले जुनसुकै माध्यमबाट विदेशमा पुगी गैरकानूनी अवस्थामा रहेका नेपाली नागरिकलाई एक पटकका लागि कानूनी वैधता दिने तयारी गरिएको बताए । “विदेशमा अवैधानिकरूपमा रहेका, श्रम स्वीकृति नलिएका, श्रम स्वीकृतिको अवधि सकिएका सबै नेपालीलाई एक पटकका लागि सम्बन्धित मुलुकसँग समन्वय गरेर कानूनी वैधता दिने अभियान सञ्चालन गरिनेछ”, उनले भने ।
विश्व बजारमा रहेको रोजगारका सम्भावनालाई खुला गर्न सरकार लागि परेको उल्लेख गर्दै मन्त्री भण्डारीले भने, “कूटनीति सम्बन्ध स्थापना भएका सबै मुलुकमा रोजगारीको सम्भावना खुला गर्न सरकारले पहल जारी राखेको छ ।”
संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी)का अध्यक्ष विनोद श्रेष्ठले श्रम क्षेत्रलाई व्यवस्थित बनाउनका लागि सरोकारवालाको सुझावलाई सरकारले प्राथमिकता दिनुपर्ने बताए ।
नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष राजेन्द्र भण्डारीले वैदेशिक रोजगार व्यवसायीले मुलुकको समृद्धिमा पु¥याएको योगदानको मूल्याङ्कन हुनुपर्ने बताए ।
कर्मचारी सञ्चय कोषले कर्मचारी नियुक्तिका लागि आवेदन आह्वान गरेको छ । कोषमा रिक्त रहेका पदमा स्थायी पद पूर्तिका लागि कोषले आवेदन आह्वान गरेको हो । कोषले आठौँदेखि पाँचौँ तहसम्मका लागि दरखास्त आह्वान गरे...
वैदेशिक रोजगार बोर्डको सचिवालयले वैदेशिक रोजगारीमा जानेका लागि नयाँ श्रम गन्तव्यको खोजी गर्ने विषयमा छलफल सुरु गरेको छ । बोर्ड सचिवालय र नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घबीच आज भएको छलफलले खाडी र...
बागमती प्रदेश सरकारले युवा वैज्ञानिक प्रोत्साहन कोष सञ्चालनका लागि ऐन बनाउने भएको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले कोष अहिले कार्यविधिमा रहेर सञ्चालन भइरहेको भन्दै अब ऐन निर्माण गरी सञ्चालन गरिने बताए । ...
बुटवलमा रोजगार मेला शुरू भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ र बुटवल उद्योग वाणिज्य संघ रुपन्देही संयुक्त आयोजनामा मंगलवारबाट दुई दिने मेला शुरु भएको हो । मेलाको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महा...
विगत ५ महिनादेखि तलब नपाएपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकाका स्वास्थ्यकर्मी आन्दोलित भएका छन् । दोहोरो सहमतिमा काज सरुवा भएर दरबन्दीभन्दा बढी कर्मचारी भएपछि सम्पूर्ण स्वास्थ्यकर्मी तलबविहीन भएका हुन् । सहमति...
रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत दक्षिण कोरियामा पानीजहाज (सिप बिल्डिङ) निर्माणको क्षेत्रमा काम गर्न सात सय नेपाली श्रमिकको आवेदन...
सामान्यतया रूपान्तरण भन्नाले कुनै पनि वस्तुको रूप वा गुणमा परिवर्तन वा बदलाव, संस्था, समाज या व्यक्तिको चेतना वा गुणवत्तामा आधारभूत परिवर्तन वा सुधार भन्ने जनाउँछ । अंग्रेजीमा 'ट्रान्सफर्मेशन'...
हाम्रो सडकमा सधैँ एउटा नारा गुञ्जिरह्यो, ‘भ्रष्टाचारीलाई फाँसी दे !’ यो नारा सडकले त सुन्यो, तर सदनले कहिल्यै सुनेन । सर्वसाधारण जनता आजित भएर भ्रष्टाचारीलाई ‘मारिदे’ भनेका हुन् । नागर...
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रपञ्चको पूरै पर्दाफास हुन अझै केही समय लाग्ला । यो प्रकरणलाई नेपाली समाजको चेत रत्तिभर बदलिएको छैन भन्ने एउटा गतिलो उदाहरणका रूपमा लिन सकिन्छ । गणतन्...