जेठ १०, २०८०
त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले एमबीएस तथा एमपीए तेस्रो सत्रका लागि विशेष मौका परीक्षाको व्यवस्था गरेको छ । त्रिविले मंगलवार एमबीएस तथा एमपीए कार्यक्रमको तेस्रो सत्रको परीक्षा फाराम भर्ने सूचना जारी गर्...
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह शिक्षामा सीप कार्यक्रमको अनुगमन निरीक्षणका लागि आज विभिन्न सामुदायिक विद्यालयमा पुगेका छन्।
कामपाले गत वैशाख १२ गतेदेखि पहिलो पटक सामुदायिक विद्यालयमा शिक्षामा सीप कार्यक्रम सुरु गरेको हो । पाठ्यपुस्तकबाट प्राप्त हुने सैद्धान्तिक ज्ञानसँगै जीवन उपयोगी, सीपमूलक तथा व्यावहारिक शिक्षा प्रदान गर्ने उद्देश्यसहित कामपाले उक्त कार्यक्रम लागू गरेको हो । विद्यालय तह पूरा गर्दा कम्तीमा एउटा प्राविधिक क्षेत्रमा स्वरोजगार हुनसक्ने जनशक्ति तयार गर्ने कामपाको उद्देश्य हो । उक्त कार्यक्रमअन्तर्गत ९० घण्टे कार्यक्रम तय गरिएको छ । जसमा कृषि तथा सहरी खेती, सौन्दर्य कला र कपाल शैली, काष्ठकला रङ कुँदेर बेलबुट्टा भर्ने काम, पाक कलालगायत १० क्षेत्र निर्धारण गरिएका छन् ।
निरीक्षण कार्यको सुरुआत वडा नं ५ टङ्गालमा रहेको टङ्गाल माध्यमिक विद्यालयबाट भएको थियो । विद्यालयका विद्यार्थीहरू समूहमा बाँडिएर कोही काठ चिल्लो बनाउने, बुट्टा भर्ने, काट्ने, नाप्ने सीप सिकिरहेका थिए । केही विद्यार्थी मोबाइल मर्मत गर्न सिकिरहेका थिए । सीपमूलक तालिममा सहभागी नहुने विद्यार्र्थीहरू कक्षा कोठाको सजावट गर्ने सामग्री निर्माण गर्ने, आर्ट गर्ने, कागज काटेर सजावटका सामान बनाउनेलगायत काम गरिरहेका थिए ।
त्यसैगरी वडा नं २५ मा रहेको कन्या विद्या मन्दिर माध्यमिक विद्यालयको पनि प्रमुख साहले अनुगमन गरे। उनीसँग प्रवक्ता नवीन मानन्धर, शिक्षा सल्लाहकार रेशु अर्याल, सहायक विज्ञ शैलेन्द्र झासहित अधिकारी सहभागी थिए । विद्या मन्दिरका विद्यार्थीको एउटा समूह ब्युटिसियन (सौन्दर्य कला) र अर्को समूह सिलाइ कटाइ तालिममा व्यस्त थिए ।
‘प्रयोगात्मक शिक्षण विधिबाट विद्यार्थीहरूको सिकाइप्रतिको रुचि बढ्छ । शिक्षण पद्धतिलाई परम्परागत बनाइनुहुँदैन । खेल र प्रविधि जोडेर विद्यार्थीहरूमा स्वतः रुचि जगाउनुपर्छ”, निरीक्षणका क्रममा प्रमुख साहले भने, “मैले चुनावी घोषणापत्रमा सामुदायिक विद्यालयमा हप्ताको एक दिन सीप, उद्यमशीलता, खेलकुद, सङ्गीत, कला तथा नेतृत्व विकास जस्ता कार्यक्रम सुरु गर्नु भनेको थिएँ, घोषणाअनुरूप कार्यान्वयनमा आएको छ ।
महानगरमा ८९ वटा सामुदायिक विद्यालय छन् । त्यसमा ५९ माध्यमिक विद्यालय र ३० प्राथमिक विद्यालय छन् । त्यसैगरी पाँच सय ४० निजी विद्यालयमा एक लाख ५० हजार विद्यार्थी अध्ययनरत छन् ।
त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले एमबीएस तथा एमपीए तेस्रो सत्रका लागि विशेष मौका परीक्षाको व्यवस्था गरेको छ । त्रिविले मंगलवार एमबीएस तथा एमपीए कार्यक्रमको तेस्रो सत्रको परीक्षा फाराम भर्ने सूचना जारी गर्...
शिक्षाकर्मीले स्वदेशका विश्वविद्यालयलाई गुणस्तरीय बनाई उच्च शिक्षाका नाममा विद्यार्थी विदेशिने क्रम रोक्न आग्रह गरेका छन् । ‘उच्चशिक्षाको वर्तमान अवस्था’बारे उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान), ...
गरीब, जेहेन्दार विद्यार्थीको पठनपाठनमा सहज पार्न रसुवाका २ विद्यालयमा निःशुल्क शैक्षिक सामग्री वितरण गरिएको छ । शैक्षिक सामग्री प्राप्त गर्नेमा दक्षिणी भेगस्थित ज्याङलाङ प्रावि र नीलकण्ठ नमूना मावि जिविजवेम...
सरकारले युवा पुस्तालाई लक्षित गरेर कमाउँदै पढ्दै कार्यक्रम ल्याउने भएको छ । आगामी आर्थिक वर्षदेखि उक्त कार्यक्रम ल्याइने र युवा पुस्ताका विद्यार्थीवर्गलाई प्रोत्साहन गर्ने आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्...
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले विद्यार्थीको ट्रान्सक्रिप्ट लगायतका विवरण अब प्रदेश कार्यालयबाट वितरण गर्ने भएको छ । परिषद्को परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक प्रमोदभक्त ...
कालीकोटको महाबै गाउँपालिका–२ पादमघाटस्थित तिला माध्यमिक विद्यालयका विद्यार्थी बेहोस हुन थालेपछि विद्यालय बन्द गरिएको छ । सोमवार दिउँसो कक्षामा शिक्षकले पढाइरहेका बेला विद्यार्थी बेहोस भएर ढल्न थालेपछि...
सामान्यतया रूपान्तरण भन्नाले कुनै पनि वस्तुको रूप वा गुणमा परिवर्तन वा बदलाव, संस्था, समाज या व्यक्तिको चेतना वा गुणवत्तामा आधारभूत परिवर्तन वा सुधार भन्ने जनाउँछ । अंग्रेजीमा 'ट्रान्सफर्मेशन'...
हाम्रो सडकमा सधैँ एउटा नारा गुञ्जिरह्यो, ‘भ्रष्टाचारीलाई फाँसी दे !’ यो नारा सडकले त सुन्यो, तर सदनले कहिल्यै सुनेन । सर्वसाधारण जनता आजित भएर भ्रष्टाचारीलाई ‘मारिदे’ भनेका हुन् । नागर...
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रपञ्चको पूरै पर्दाफास हुन अझै केही समय लाग्ला । यो प्रकरणलाई नेपाली समाजको चेत रत्तिभर बदलिएको छैन भन्ने एउटा गतिलो उदाहरणका रूपमा लिन सकिन्छ । गणतन्...