×

NIC ASIA

काठमाडौंमा कामको चापले मानसिक शान्तिमा असर पर्न थालेपछि मैले बाहिर कतै घुम्न जाने निर्णय लिएको थिएँ ।

Muktinath Bank

अहिले मुस्ताङ (मुक्तिनाथ) जाने सीजन चलिरहेकाले जस्ता किसिमका पनि ‘टुर प्याकेज’ हरू पाइने रहेछन् । एउटा प्याकेज लिएर पत्नी विपुलासँग म मुक्तिनाथ दर्शनका लागि अघिल्लो साता गएको थिएँ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सातजना पर्यटकसम्म अट्ने स्कोर्पियो गाडीमा हामी गएका थियौं । हामीसँग म्याग्दी मूल घर भएका पुन मगर परिवारका पाँच सदस्य सहयात्री थिए । 


Advertisment
Nabil box
Kumari

त्यसो त उपल्लो मुस्ताङको लोमान्थाङ र कोरला नाकासम्मै पुग्ने योजना बनाइएको थियो । तर परिस्थितिले साथ नदिँदा मुक्तिनाथ, मार्फा, लेते लगायतका स्थानको भ्रमण मात्र गर्न पाइयो । 

Vianet communication

null

पहिलो दिन काठमाडौंबाट हाम्रो स्कोर्पियो गाडी पोखरातिर दौडियो । खासमा यो बाटो पाँच घन्टामा पार गर्न सकिन्छ तर अहिले सडक विस्तारको काम चलिरहेकाले अलि लामो समय लाग्यो । अब केही वर्षको अन्तरालमा चार लेनको उक्त सडक बनेपछि पोखरासम्मको स्थलमार्ग यात्रा निकै सहज हुनेछ । 

पहिलो दिनको वास म्याग्दीको गलेश्वरमा बस्ने तालिका थियो । हामी पोखराबाट पहिला बाग्लुङ गयौं अनि त्यहाँ कालिका मन्दिरको दर्शन गर्‍यौं । माताको दर्शनले आनन्दित भएको मनलाई रोमाञ्चित तुल्याउन हामी गण्डकी गोल्डन ब्रिज नाम दिइएको आधा किलोमिटरभन्दा लामो पुल वारपार गर्‍यौं । 

यसअघि दुईपटक म बाग्लुङ र पर्वत पुगिसकेको थिएँ । ती दुवै अवसरमा दुई जिल्ला जोड्ने झोलुंगे पुल तरेको थिएँ । पहिलो अवसरमा त्यति डर लागेको थिएन भने दोस्रो अवसरमा डर लागेर बीचैबाट फर्केको थिएँ । 

उचाइबाट तर्सिने म यसपालि पनि पुल तर्दा निकै डराएँ । तल बगिरहेकी कालीगण्डकी नदीलाई नहेरी मास्तिर पहाड अनि पारिको गाउँ हेर्न त्यहाँका स्थानीयहरूले सल्लाह दिएपछि छिटोछिटो पुल पार गरें । अझ, मन शान्त बनाउन हनुमानजीको मन्त्र पनि पढें । फर्किँदा पनि त्यही कुरा दोहोरियो । 

पुलमा अनुभव गरेको रोमाञ्च मनमा सँगाल्दै हामी म्याग्दीको सदरमुकाम बेनीतर्फ हुइँकियौं । बेनीबाट पनि अझै उता गलेश्वरमा हामी बस्ने प्रबन्ध थियो । 

मुक्तिनाथको सीजन चलेकाले होटल/लजहरू खचाखच भरिएका थिए । वृद्धवृद्धाहरूको ठूलो जमघट थियो । 

बेनी–जोमसोम सडकखण्ड निर्माणको काम चलिरहेकाले रुप्सेनजिक बिहान ६ बजेदेखि १० बजेसम्म सवारी आवागमन बन्द गरिँदो रहेछ । त्यसैले हाम्रा स्कोर्पियो चालकले हामीलाई बिहान ४ बजे नै तयार भएर गाडी चढिसक्न भनेका थिए । हुन पनि मेरो आँखा ठ्याक्कै पौने ४ बजे खुलेछन् अनि झटपट तयार भएर गाडीमा चढियो । 

उज्यालो नहुन्जेल बाटोका कुनै पनि दृश्य देख्न पाइएन । रुप्से नजिक पुग्दा उज्यालो भयो अनि मनोरम झरना देखियो । तर त्यहाँ भुलेर बस्नलाई हामीसँग समय थिएन । 

घाँसाबाट मुस्ताङ जिल्ला शुरू हुने रहेछ । त्यहाँबाट अघि बढेपछि पहाडी दृश्यहरू परिवर्तन हुन थाले । तिब्बती पठार क्षेत्रमा पर्ने मुस्ताङमा निकै कम मात्र पानी पर्ने भएकाले त्यो अर्धमरुभूमि जस्तो छ । त्यसैले होला शायद त्यहाँका पहाडहरूको रंग नेपालका अन्य ठाउँका पहाडभन्दा फरक देखिएको । 

null

म्याग्दी खण्डमा सडक नराम्रो भए पनि मुस्ताङमा चाहिँ कहीँकहीँबाहेक राम्रो पिच गरिएको रहेछ । अझ, लेते पुग्दा त सडक यति चिल्लो थियो कि स्कोर्पियो यात्रा आनन्ददायी बन्यो । त्यसमाथि बिहानीको घामको किरण हिउँका चुचुराहरूमा टल्किएको अनि भिन्न रंगका वृक्षविहीन पहाडहरूको मनोरम दृश्य देख्दा मन पुलकित भयो । 

अघि बढ्दै जाँदा हामी जोमसोम पुग्यौं । जिल्लाको सदरमुकाम जति राम्रो होला पनि अपेक्षा गरेको थिएँ, त्यति राम्रो लागेन । बाटो पनि साँघुरो थियो र पिच पनि भत्केको थियो । त्यहाँ नओर्लिकन विमानस्थल पनि गाडीबाटै हेरियो । 

जोमसोमबाट अघि बढ्दै जाँदा केही बेरमा कागबेनी आइपुग्यो । हामीमध्ये कसैलाई पनि पितृउद्धार कार्य गर्नुपर्ने नभएकाले श्राद्धस्थलतर्फ गएनौं । 

गाडी त्यहाँबाट उकालो लाग्न थाल्यो । राम्रो पिच बाटो भएकाले माथिको यात्रा सहज रह्यो । हावा मन्दमन्द चलिरहेको थियो अनि हिमालहरू नजिकैबाट देखिन्थे । प्राकृतिक दृश्यको आनन्द लिँदै हामी मुक्तिनाथ क्षेत्र पुग्यौं । 

त्यहाँ तल गाडी रोकिने बिसौनी रहेछ । त्यहाँबाट अलिकति तेर्सो बाटो लागेपछि मन्दिरसम्म पुग्न सिँढी चढ्नुपर्ने रहेछ । हामीसँग भएका सहयात्रीलाई ‘हामी हिँड्यौं है’ भन्दै विपुला र म खुरुखुरु अघि बढ्यौं ।

उचाइको कारणले होला, सिँढी चढ्दा अलिक थाकेको अनुभव भयो । एकछिन सुस्ताएर हामी मुक्तिनाथ मन्दिरको प्रांगणमा पुग्यौं । मैले मन्दिर निकै विशाल होला भन्ने कल्पना गरेको थिएँ तर सानो रहेछ । 

हामी पुगेको दिन औंसी परेको रहेछ । त्यसैले तीर्थयात्रीहरूको भीड थियो । 

मुक्तिनाथ मन्दिरमा कुण्ड र १०८ धारामा नुहाउने प्रबन्ध छ । श्रद्धालुहरू लुगा खोलेर कुण्डमा चोबलिने अनि हिउँको चिसो पानी आउने धारामा दौडेर नुहाउने गरिरहेका थिए । 

null

कुण्डको पानी मैलो देखेपछि मलाई त्यहाँ चोबलिन मन लागेन । अनि धाराको पानी छाम्दा चिसो भएकाले नुहाउन आँट पनि आएन । तर विपुलाले नुहाउनका लागि लुगा फेरिन् अनि धारामुनि दौडिइन् । 

अनि मलाई पनि आँट आयो र कट्टु मात्र लगाई धारामुनि टाउको थाप्दै दौडिएँ । चिसो पानी टाउकोमा पार्दा घनले हाने जस्तो अनुभव हुँदो रहेछ । कुनै पनि धारामुनि नअडिइकन खुरुरु दौडिएमा मात्र नुहाउन सकिने रहेछ । 

त्यहाँ नुहाएर लुगा फेरेपछि हामी मुक्तिनाथ भगवानको दर्शनका लागि लाइन लाग्यौं । लाइन लामो भए पनि २० मिनेट जतिमा पालो आयो । त्यहाँ दर्शन गरेर हामी बाहिर निस्कियौं । 

nullहाम्रा सहयात्रीहरू आइपुगेनन् । अनि हामी बाहिर बनाइएको एउटा वाटिकामा घुम्न थाल्यौं । त्यहाँ भगवान् बुद्धको एक विशाल प्रतिमा पनि राखिएको रहेछ । अनि त्यहाँ भएका बेन्चमा बसी हिमाल र पहाडका दृश्यपान गर्न पाइने रहेछ । केही समय त्यतै बसेर तस्वीरहरू खिच्दै खिचाउँदै हामी आनन्दित भयौं । 

null

तर राम्रो क्वालिटीको क्यामरा नभएको मोबाइल बोक्दा निकै थकथकी लाग्यो । हातैले छुन मिल्ने जस्तो दूरीमा रहेका हिमाललाई आँखाले देख्दा जति आनन्द आएको थियो, मोबाइलको क्यामरामा कैद हुँदा त्यति चित्ताकर्षक भएन ।

त्यसपछि भोक लाग्दै आयो र हामी तलतिर झर्‍यौं । चालक भाइ तल होटलमा थिए र उनीसँगै बसेर हामीले खाना खायौं । हाम्रा सहयात्रीहरूको थाहापत्तो थिएन । फर्किंँदाखेरी पनि हामीले उनीहरूलाई भेटेनौं । 

हामीले खाना खाएको दुई घन्टापछि बल्ल सहयात्रीहरू आइपुगे । उनीहरूमध्ये दुईजना पैदल अनि तीनजना घोडा चढेर मन्दिर गएका रहेछन् । घोडा चढ्ने एक महिलालाई लेक लागेछ अनि निकै गाह्रो भएछ । उनी त्यो दिनभरि आलसतालस भइन् । 

मुक्तिनाथमै यस्तो गाह्रो भएकी महिलालाई लोमान्थाङ र कोरलामा के हालत होला भनी हामीले उपल्लो मुस्ताङ जाने योजना रद्द गर्‍यौं । 

उनीहरूले खाना खाएपछि हामी मार्फामा वास बस्ने गरी तलतिर झर्न थाल्यौं । बीचमा एउटा सेल्फीडाँडा भन्ने ठाउँ पर्दो रहेछ । त्यहाँ कुर्सीमा बसेर तल कागबेनीका दृश्य हेर्न मजा आउने रहेछ । तर अपराह्नको समयमा बेतोड हावा चलेर झण्डै मान्छे नै उडाउला जस्तो गर्दो रहेछ । 

null

त्यहाँ फोटोसोटो खिचाएर हामी मार्फातिर लाग्यौं । होटलमा पुग्दा निकै थकाइ लागेकाले म एक निद्रा सुतें । अनि बेलुकातिर उठेर मार्फा गाउँ घुम्न गयौं । 

मार्फा निकै सुन्दर ठाउँ रहेछ । पुराना घरहरूले उहिलेदेखिको परम्परा धानेका रहेछन् । नेपाली फिल्म जेरीको शूटिङ पनि त्यहाँ भएको रहेछ र त्यहाँ त जेरी गल्ली नै रहेछ । 

nullत्यहाँको विशाल गुम्बामा हामी चढ्यौं । माथिबाट हेर्दा सबै घरहरूको छतमा दाउराको कुन्यू लगाएको देख्यौं । त्यस क्षेत्रमा धेरै वनजंगल नभएकाले दुःखकष्ट गरेर जम्मा गरेको दाउरा छतमा राखिने रहेछ । त्यो ऊर्जा सुरक्षाको एउटा माध्यम रहेछ । चिसो ठाउँ भएकाले घरहरू पनि होचाहोचा रहेछन् । 

मार्फा स्याउ र आरुका लागि प्रसिद्ध ठाउँ हो । त्यहाँ हामीले आरुको जुुस चाख्यौं जुन निकै स्वादिलो थियो । 

मार्फामा रात बिताएपछि भोलिपल्ट बिहान हामी म्याग्दीतर्फ लाग्यौं । रुप्से झरना क्षेत्रमा बाटो बनाउने काम चलिरहेकाले डेढ घन्टा जति रोकिनुपरेको थियो । त्यस अवसरलाई सदुपयोग गर्दै हामी झरनामा धेरै बेर बसेर फोटो खिचाइरह्यौं । 

null

गाडी खुलेपछि हामी गलेश्वरतिर लाग्यौं । गलेश्वरमा भगवानको दर्शन गरी खाना खाएर हामी पोखरातर्फ लाग्यौं । लगभग ३ बजेतिर पोखरा पुगेपछि होटलमा केही बेर सुस्तायौं । 

सहयात्रीहरू पुम्दीकोटतर्फ गए भने विपुला र म फेवातालको किनारमा बस्न गयौं । पोखरा गएपिच्छे म फेवातालको किनारमा समय बिताउन छुटाउँदिनँ । त्यहाँ म अर्कै किसिमको आनन्द अनुभव गर्छु । 

null

रात परेपछि होटलमा फर्केर खाना खायौं अनि सुत्यौं । भोलिपल्ट उठेर हामी काठमाडौंतिर लाग्यौं र अपराह्न पाँच बजेतिर काठमाडौं आइपुग्यौं । 

यसरी तीन रात, चार दिनको हाम्रो मुक्तिनाथ यात्रा सम्पन्न भयो । त्यहाँ घुम्ने धीत अझै मरेको छैन र केही वर्षपछि म फेरि उपल्लो मुस्ताङसम्म पुग्ने गरी यात्रा गर्ने सोचमा छु । 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ४, २०८१

गजलकार एवं गीतकार प्रकट पंगेनी ‘शिव’को निधन भएको छ । जन्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलवार निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि पंगे...

जेठ ५, २०८१

सू ब्रिजम्यानद्वारा लिखित ‘द सीक्यू एज’ पुस्तक सार्वजनिक गरिएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा लेखिका सू​को उपस्थितिमा पुस्तक सार्वजनिक गरिएको हो ।  अन्तर्राष्ट्रिय प्रकाशन ‘फो...

असोज १०, २०८०

गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...

बैशाख २१, २०८१

‘जब टेक्छु  यो लमतन्न राजमार्ग  टेकेँ जस्तो लाग्छ – आपाको आङ चालिस बसन्तअघि लक्का जवान हुँदा  गिट्टि सपनाको अलकत्रा घोलेर  बनाएका थिए रे आपाले यो मार्ग’ बीस बस...

बैशाख २९, २०८१

केही सयमअघिको कुरा हो । तिनताका गोपाल एक प्रतिष्ठित छापामा सम्पादकीय नेतृत्वमा थियो । प्रातःकालीन भ्रमण उसको दैनिकीमा पथ्र्यो । प्रत्येक दिन बिहान एकाध घण्टा घुम्थ्यो र खाना खाएर अफिस जाने गर्थ्यो । यसो गर्नुका दु...

कात्तिक २८, २०८०

गोपी मैनाली   कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् ।  ...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

x