२६ जेठ २०८३, मंगलबार

भ्रष्टाचारविरुद्ध केही समयभित्रै ठूल्ठूला एक्सन हुनेछन् : प्रधानमन्त्री प्रचण्ड

भ्रष्टाचारविरुद्ध केही समयभित्रै ठूल्ठूला एक्सन हुनेछन् : प्रधानमन्त्री प्रचण्ड
फाइल तस्बिर

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही समयभित्र भ्रष्टाचारविरुद्ध ठूल्ठूला एक्सन हुन लागेको बताएका छन् । प्रेस सेन्टर नेपालको १९औं साधारण सभा एवम् २१औं कृष्णसेन इच्छुक स्मृति दिवसका अवसरमा शनिवार काठमाडौँमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले जनयुद्धमा जस्तै अहिले भ्रष्टाचार र वेथितिविरुद्ध हाम फालेको बताए । 

'को कति बेला मारिने हो अत्तोपत्तो नहुनेगरी १० वर्षे जनयुद्धमा जसरी हाम फालेका थियौं, त्यसैगरी अहिले हामी भ्रष्टाचार र वेथितिविरुद्ध हाम फालिसकेका छौं,' उनले भने, 'अहिले नदेखिएको मात्रै हो । केही समयभित्रै ठूल्ठूला एक्सन हुनेछन् ।​ विरोधीले कतिबेला एम्बुसमा पार्ने हो थाहा छैन ।'

प्रधानमन्त्री प्रचण्डले जनयुद्धमा करोडौं जनताले साथ दिए जसरी अब भ्रष्टाचार र वेथितिविरुद्ध आन्दालेनमा साथ दिने दाबी गरे ।

salt training

कमेन्ट गर्नुहोस्