०३ साउन २०८३, आइतबार

समीक्षाले गाएको गीत ‘आफ्नो आफ्नो दुःख...’ ट्रेन्डिङको शीर्षस्थानमा

समीक्षाले गाएको गीत ‘आफ्नो आफ्नो दुःख...’ ट्रेन्डिङको शीर्षस्थानमा

गायिका समीक्षा अधिकारीले स्वर दिएको गीत ‘आफ्नो आफ्नो दुःख’ युट्युब ट्रेन्डिङको शीर्षस्थानमा आएको छ । 

शुक्रवारमात्रै सार्वजनिक गरिएको गीत छोटो समयमै राम्रो भ्युजका साथ संगीततर्फ ट्रेन्डिङ नम्बर वानमा आएको हो । गीत टिकटकतिर पनि छाएको छ । 

यो गीतमा गायक पशुपति शर्माको शब्द एवं संगीत छ । उनले आफ्नो स्वरमा ६ महिनाअघि सार्वजनिक गरेको गीत त्यतिबेला पनि निकै चर्चित बनेको थियो । पशुपतिको स्वर रहेको गीतको भिडियोको युट्युब भ्युज यतिबेला ९४ लाख बढी छ । 

त्यसबेला पनि टिकटकमा समेत निकै छाएको उक्त गीत करोड क्लबको नजिक पुगेसँगै पशुपतिले यसको फिमेल भर्सन ल्याएका हुन् । 

फिमेल भर्सनको भिडियोमा समीक्षा स्वयं प्रस्तुत छिन् । 

दुर्गा पौडेलको निर्देशन एवं छायाँकन रहेको भिडियोलाई प्रकाश धमलाले सम्पादन गरेका हुन् । फिमेल भर्सन पनि पशुपतिकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

salt training

कमेन्ट गर्नुहोस्