१७ असार २०८३, बुधबार

चितवनमा गर्मीसँगै बिरामी बढे, रगतको अभाव

चितवनमा गर्मीसँगै बिरामी बढे, रगतको अभाव

चितवन जिल्लामा गर्मीसँगै बिरामीको सङ्ख्या पनि बढ्दा रगतको अभाव भएको छ । रगत अभाव भएपछि नेपाल रेडक्रस सोसाइटी चितवन शाखाले अपिल प्रकाशित गरी रक्तदान गर्न आह्वान गरेको छ ।
 
शाखा सभापति हरिप्रसाद पौडेलद्वारा जारी अपिलमा भरतपुर अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल, चितवन मेडिकल कलेज शिक्षण अस्पताललगायत निजी र सामुदायिक अस्पतालमा उपचारार्थ आउने बिरामीको सङ्ख्या दिनहुँ बढ्दै गएको उल्लेख छ ।
 
प्रादेशिक रक्त सञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलले दैनिक एक सय ५० पोका हाराहारी रगतको माग हुने गरेको जानकारी दिए । उनका अनुसार दैनिक ४० पोका रगत रक्तदान कार्यक्रमहरूबाट सङ्कलन हुने र बिरामीका आफन्तबाट २० पोका हाराहारी सङ्कलन हुने गरेको भन्दै उनले ठूलो मात्रामा रगतको अभाव भएको बताए । 
 
हरेक वर्ष गर्मी मौसममा चितवनमा रगतको अभाव हुने गर्दछ । 

कमेन्ट गर्नुहोस्