पुस २५, २०८०
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
बागमती प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न पाँच प्रहरी एकाइ भवनको निर्माणका खर्च अख्तियारी दिने निर्णय गरेको छ ।
बैठकले प्रहरी चौकी रत्ननगर–६ सौराहा, ९७ लाख ३३ हजार, जिल्ला प्रहरी कार्यालय मकवानपुर महिला ब्यारेक भवन ८४ लाख २२ हजार, प्रहरी चौकी खाङसाङ फिक्कल–४ सिन्धुली एक करोड तीन लाख ३९ हजार, जिल्ला ट्राफिक कार्यालय रामेछाप एक करोड ३२ लाख ६१ हजार, इलाका प्रहरी कार्यालय भवन मकवानपुरगढी एक करोड ९८ लाख एक हजार रकम दिने निर्णय भएको बागमती सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले जानकारी दिए ।
यसैगरी, बैठकले स्थानीय विपद् कोषमा रु एक करोड जम्मा गर्ने निर्णय गरेको उहाँले जनाउनुभयो । प्रदेश सरकारले गौरीशङ्कर गाउँपालिका दोलखा १० लाख, गोकुलगङ्गा गाउँपालिका रामेछाप १० लाख, बाह्रबिसे नगरपालिका सिन्धुपाल्चोक १० लाख, म्यागङ गाउँपालिका नुवाकोट १० लाख, नौकुण्ड गाउँपालिका रसुवा १० लाख, त्रिपुरासुन्दरी गाउँपालिका धादिङ १० लाख, बेथानचोक गाउँपालिका काभ्रेपलाञ्चोक १० लाख, राक्सिराङ गाउँपालिका मकवानपुर १० लाख, मरिण गाउँपालिका सिन्धुली १० लाख, इच्छाकामना गाउँपालिका चितवन १० लाख, प्राकृतिक विपद् तथा जोखिम न्यूनीकरणका लागि स्थानीय तहहरुलाई थप ससर्त अनुदान दिने निर्णय गरेको उनले जानकारी दिए । यसका साथै नुवाकोटको म्यागङ र दुप्चेश्वर गाउँपालिकालाई क्रमशः ३० लाख र एक करोड १० लाख र मकवानपुरको मकवानपुरगढी गाउँपालिकालाई ५० लाख गरी कूल एक करोड ९० लाख रहेको उनले जनाए ।
साथै मन्त्रिपरिषद्को निर्णयले विज्ञान प्रविधि नवप्रवर्तन तथा विकास कोष सञ्चालनसम्बन्धी विधेयक तर्जुमा सम्बन्धमा सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको प्रवक्ता श्रेष्ठको भनाइ छ ।
साथै ६ सिन्धुली अस्पतालमा घटेको घटनाको कारण भएको भौतिक संरचनाको क्षतिलाई बनाउन रु १० लाख दिने निर्णय गरेको उनले बताए ।
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
काठमाडौं गोदावरीकी लक्ष्मी (नाम परिवर्तन) राहत शिक्षकको कोटामा सिन्धुपाल्चोकस्थित एक सरकारी विद्यालय पढाउन पुगिन् । उनले ‘होम ट्युसन’ पनि पढाउँथिन् । कक्षा १० मा पढिरहेका राजु (नाम परिवर्तन)&nb...
तुर्केमिनिस्तानका राष्ट्रपति सपरमुरत नियाजोवको अनौठो बानी थियो । उनी चाहन्थे– संसारले उनलाई जानोस् । उनले एक पुस्तक लेखेका थिए– ‘रुन्ह’, जो प्रत्येक विद्यार्थीलाई पढ्न अनिवार्य थियो । उनल...
आजदेखि पितृपक्ष अर्थात् सोह्र श्राद्ध प्रारम्भ भएको छ । हरेक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि औंसीसम्मलाई पितृपक्ष भनिन्छ । यस पक्षमा सनातन धर्मावलम्बीहरू पितृहरूलाई पिण्डपानी दिएर सन्तुष्ट पार्ने प्रयास गर्छन्, जस...
विपिन गौतम वर्षायाम सकिने समय आयो । यस वर्ष प्राकृतिक प्रकोपबाट नेपाल, भारत, चीन, भियतनामलगायत देशका सडकमा विभिन्न समस्या देखिएका समाचार आए । नेपालका सडक बर्सेनि बाढीपहिरोका कारण लथालिङ्ग अवस्थाम...