सञ्चार मन्त्रालयको बजेट १२ करोड बढ्यो

सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका लागि रु आठ अर्ब ७१ करोड विनियोजन गरेको छ ।
अर्थमन्त्री डा प्रकाशशरण महतले आज सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ बजेट सार्वजनिक गर्दै सो जानकारी दिए ।
चालू आवमा सञ्चारमा रु आठ अर्ब ५९ करोड बजेट विनियोजन गरिएको थियो ।