
आर्थिक वर्ष २०८०/०८१ को बजेटमा ताप्लेजुङदेखि दार्चुलासम्म जोड्ने ग्रेड हिमालय ट्रेलदेखि किराँत सांस्कृतिक सर्किट निर्माणसम्मको योजनालाई समेटिएको छ ।
ताप्लेजुङदेखि दार्चुलासम्म जोड्ने ग्रेड हिमालय ट्रेल निर्माण गरिने भएको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटमा ट्रेल निर्माण गरिने बताए । पर्यटमन्त्री सुदन किराती कोशी प्रदेशकै भएकाले पर्यटनलाई समेत महत्त्व दिइएको छ ।
लारुम्बा मुन्धुम ट्रेल, हलेंसी तुवाचुङ खुवालुङ समेटेर किराँत सांस्कृतिक सर्किट निर्माण गरिने अर्थमन्त्री महतले जनाएका छन् । हलेंसी–तुवाचुङ क्षेत्रलाई खुला सांस्कृतिक संग्रहालय बनाइने बजेटमा उल्लेख छ ।
पर्यटनको सम्भावना उच्च भएको कोशी प्रदेशमा पाथिभरा, हलेंसी, किराँतको उद्गम क्षेत्र तुवाचुङ, चतरा–बराह क्षेत्रलाई विकास र सौन्दर्यीकरण गरिने जनाइएको छ । विराटनगर विमानस्थलको स्तरोन्नति गरी क्षेत्रीयस्तरको बनाइने समेत उल्लेख गरिएको छ ।