०२ साउन २०८३, शनिबार

प्रधानमन्त्रीले संसद्‍मा गराए भारत भ्रमणको जानकारी, यी विषयमा हुँदैछ छलफल

प्रधानमन्त्रीले संसद्‍मा गराए भारत भ्रमणको जानकारी, यी विषयमा हुँदैछ छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेठ १७ देखि २० गतेसम्म हुने भारत भ्रमणबारे संसद्‍लाई जानकारी गराएका छन् । 

अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट प्रस्तुत गरेपछि बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले चार दिने भारत भ्रमणको टिम, सम्भावित एजेण्डासहितका विषयमा संसद्‍लाई जानकारी गराएका हुन् । 

‘जेठ १७ देखि २० गतेसम्म भारतको औपचारिक भ्रमणमा जाँदैछु । यो टोलीमा परराष्ट्र, अर्थ, उर्जा, भौतिक पूर्वाधार, उद्योग वाणिज्यसहितका मन्त्री, कर्मचारी, सञ्चारकर्मीसहितको टोली सहभागी हुनेछ । नेपाल र भारतका सम्बधका विभिन्न क्षेत्रका सोही प्रतिनिधिमण्डल, विज्ञ, कुटनीतिज्ञसहितकासँग नेपालको हितलाई हुने भारत भ्रमणमा जान लागिएकोबारे छलफल भएको छ’ उनले भने । 

भारत भ्रमणका क्रममा राष्ट्रपति र उपराष्ट्रपतिसँग पनि भेट हुने उनले जानकारी गराएका छन् । 

भारतीय समकक्षी नरेन्द्र मोदीसँग नेपाल–भारत सम्बन्धका विविध पाटा, व्यापार, पारवहन, लगानीसहितका विषयमा छलफल हुने प्रधानमन्त्रीले बताए ।

‘भारतीय प्रधानमन्त्रीसँग नेपाल–भारत सम्बन्धका विविध पक्षका बारे छलफल हुनेछ । व्यापार पारवहन, लगानी प्रवद्र्धन, उर्जा व्यापार, प्रसारण लाइन, कृषि, हवाई मार्ग, पुल निर्माण, एकीकृत जाँच चौकी जस्ता विषयमा छलफल हुनेछ’ प्रधानमन्त्रीले भने, ‘जलविद्युत अर्को महत्वपूर्ण विषय हो । नेपालको हित हुने गरी गरी भारतीय लगानी भित्र्याउने र भारतको भूमि हुँदै  बंग्लादशेमा विद्युत निर्यातबारे ठोस कुरा हुनेछ ।’ 
पञ्चेश्वर आयोजना, द्विपक्षीय वार्ताको माध्यमबाट नयाँ पारवहन सन्धिलाई टुंगोमा पुर्‍याउने र सीमाको विषयमा पनि छलफल हुने जानकारी प्रधानमन्त्रीले दिएका छन् । 
‘सीमा समस्या लगायत कतिपय विषय सम्बोधन गर्न ठोस विश्वासको वातावरण बनाउन छलफल अगाडि बढाइने छ ।’ प्रधानमन्त्रीले भने ।

salt training

कमेन्ट गर्नुहोस्