मंसिर ८, २०८०
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेठ १७ देखि २० गतेसम्म हुने भारत भ्रमणबारे संसद्लाई जानकारी गराएका छन् ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट प्रस्तुत गरेपछि बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले चार दिने भारत भ्रमणको टिम, सम्भावित एजेण्डासहितका विषयमा संसद्लाई जानकारी गराएका हुन् ।
‘जेठ १७ देखि २० गतेसम्म भारतको औपचारिक भ्रमणमा जाँदैछु । यो टोलीमा परराष्ट्र, अर्थ, उर्जा, भौतिक पूर्वाधार, उद्योग वाणिज्यसहितका मन्त्री, कर्मचारी, सञ्चारकर्मीसहितको टोली सहभागी हुनेछ । नेपाल र भारतका सम्बधका विभिन्न क्षेत्रका सोही प्रतिनिधिमण्डल, विज्ञ, कुटनीतिज्ञसहितकासँग नेपालको हितलाई हुने भारत भ्रमणमा जान लागिएकोबारे छलफल भएको छ’ उनले भने ।
भारत भ्रमणका क्रममा राष्ट्रपति र उपराष्ट्रपतिसँग पनि भेट हुने उनले जानकारी गराएका छन् ।
भारतीय समकक्षी नरेन्द्र मोदीसँग नेपाल–भारत सम्बन्धका विविध पाटा, व्यापार, पारवहन, लगानीसहितका विषयमा छलफल हुने प्रधानमन्त्रीले बताए ।
‘भारतीय प्रधानमन्त्रीसँग नेपाल–भारत सम्बन्धका विविध पक्षका बारे छलफल हुनेछ । व्यापार पारवहन, लगानी प्रवद्र्धन, उर्जा व्यापार, प्रसारण लाइन, कृषि, हवाई मार्ग, पुल निर्माण, एकीकृत जाँच चौकी जस्ता विषयमा छलफल हुनेछ’ प्रधानमन्त्रीले भने, ‘जलविद्युत अर्को महत्वपूर्ण विषय हो । नेपालको हित हुने गरी गरी भारतीय लगानी भित्र्याउने र भारतको भूमि हुँदै बंग्लादशेमा विद्युत निर्यातबारे ठोस कुरा हुनेछ ।’
पञ्चेश्वर आयोजना, द्विपक्षीय वार्ताको माध्यमबाट नयाँ पारवहन सन्धिलाई टुंगोमा पुर्याउने र सीमाको विषयमा पनि छलफल हुने जानकारी प्रधानमन्त्रीले दिएका छन् ।
‘सीमा समस्या लगायत कतिपय विषय सम्बोधन गर्न ठोस विश्वासको वातावरण बनाउन छलफल अगाडि बढाइने छ ।’ प्रधानमन्त्रीले भने ।
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...