२८ असार २०८३, आइतबार

कुन–कुन देशले दिन्छन् उत्तर कोरियालाई आर्थिक शक्ति

कात्तिक २०, २०७४
कुन–कुन देशले दिन्छन् उत्तर कोरियालाई आर्थिक शक्ति

उत्तर कोरिया घाँस खान सक्छ तर परमाणु कार्यक्रम छोड्ना सक्दैन’ रुसी राष्ट्रपति भ्लादमिर पुटिनको यो शव्दले बताउँछ कि उत्तर कोरियाको सरकार आफ्नो परमाणु कार्यकमलाई लिएर कति प्रतिवद्ध छ ।

पुटिनको यो भनाइलाई केही बढाइचढाइ भनिएको होला तर पछिल्लो २० वर्षमा उत्तर कोरियाले आफ्नो परमाणु शक्तिलाई यति धेरै बढाएको छ की उसको पञ्जामा अमेरिका पनि आयो ।

सन् २००६ मा संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदमा उत्तर कोरियामाथि पहिलोपटक प्रतिवन्ध लागाइएको थियो । त्यसपछि अलग अलग तरिकामा ६ पटक यो देशमा प्रतिवन्ध लगाइएको छ ।

अब एक पटक फेरि संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले उत्तर कोरियामा केही नयाँ प्रतिवन्ध लगाउने विषयमा विचार गरिरहेको छ जसमा उसलाई मिल्ने तेलको सप्लाई माथि रोक लगाउने तथा किम जोन उनको सम्पत्ति जफत गर्ने सम्मका कदम छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प उत्तर कोरियाका साथ व्यापारको पूर्ण रुपमा समाप्त गर्न उसको अर्थव्यवस्थालाई समाप्त पार्ने विषयमा विचार गरिरहेका छन् ।

यस्तोमा चासो लाग्नु स्वभाविक हो कि कुन देशले उत्तर कोरियामाथि सहयोग गरिरहेको छ ।

चीन सवैभन्दा ठूलो सहयोगी

उत्तर कोरियाको अर्थव्यवस्थाका बारेमा दक्षिण कोरियाको ट्रेड प्रमोशन एजेन्सी द्वारा जुलाई २०१६ मा प्रकाशित एक रिपोर्टका अनसार विश्वको लगभग ८० देश उत्तरु कोरिायका साथ व्यापार गर्छन् ।

यी देशमा भारत, जर्मनी, सिंगापुर, फ्रान्स, पोर्चुगल तथा फिलिपिन्स सहभागी छन् । रिपोर्टका अनुसार चीन र उत्तर कोरिया सवैभन्दा ठूला व्यापारिक साझेदार हुन् । साल २०१६ मा उत्तर कोरियाको व्यापार लगभग ९३ प्रतिशत हिस्सा चीनको माध्मबाट हुने गरेको छ ।

उत्तर कोरियाले चीनसँग सवैभन्दा धेरै कोइला निर्यात गर्छ । यसको अलावा टेक्सटाइल, कोइला, अन्य खनिज पर्दाको निर्यात पनि गर्छ । यही यसको वदलमा चीनबाट उत्तर कोरिया लगभग सवै प्रकारको उत्पादन पाउँछ । जसमा सेरामिक्स, फल, प्रसारण उपकरण, कम्प्यूटर, पेट्रोल तगथा अन्य सामान । रिपोर्टका अनुसार उत्तर कोरियासँग चीनको व्यापारको ६ विलियन डलर भन्दा धेरै छ ।

रुस उत्तर कोरियाको दोस्रो सवैभन्दा ठूलो व्यापारिक साझेदार हो । दुई देशका बीच ७७ मिलियन डलरको वार्षिक व्यापार हुने गरेको छ । तर रुसको विश्व व्यापारको यो एक प्रतिशत मात्र हो ।

रुसबाट उत्तरले माछा, पुरुषको कपडा, हावाका उपकरण, ब्रिकेट, तेल, गहूलगातका सामान निर्यात हुन्छ ।
उत्तर कोरियासँगको व्यापारमा भारत तेस्रो स्थानमा रहेको छ । भारत र उत्तर कोरियाबीच ५९ मिलियन डलको व्यापार हुने गरेको छ । भारत उत्तर कोरियासँगबाछ चाँदी, गाडीको गियरबक्स, सल्फ्युरिक एसिड तथा टेलिफोन जस्तो उत्पादन आयात गर्छ । जबकी भारतले नरिवल, बदाम, कपास, प्लास्टिक जस्ता सामान उत्तर कोरिया समान पठाउने गरेको छ ।

यसका साथै मेक्सिको, पेरु, चिली, पाराग्वे, ब्राजिलसँग पनि उत्तर कोरियाको व्यापारिक सम्बन्ध रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्