रुसको राजधानी मस्कोमा मंगलवार बिहान गरिएको ड्रोन आक्रमणमा विभिन्न भवनहरूमा क्षति पुगेको छ ।
उक्त आक्रमण युक्रेनले गराएको आरोप रुसको रक्षा मन्त्रालयले लगाएको छ ।
कुल आठवटा ड्रोनबाट आक्रमण गरिएको र तीमध्ये पाँचवटालाई खसाइएको मन्त्रालयले विज्ञप्ति जारी गरेर जनाएको छ । तीनवटा ड्रोनलाई विद्युतीय युद्धउपकरणले दबाएपछि नियन्त्रणबाहिर गई लक्षित निशानाबाट भड्किएको बयानमा उल्लेख छ ।
पाँचवटा ड्रोनलाई मस्कोबाहिरको पन्तसिर–एस हवाई प्रतिरक्षा प्रणालीले खसाएको रुसको रक्षा मन्त्रालयको कथन छ ।