११ असार २०८३, बिहीबार

अमेरिकी राजदूतले गरे वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको भ्रमण

अमेरिकी राजदूतले गरे वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको भ्रमण

नेपालका लागि अमेरिकी राजदूत डिन रिचार्ड थम्पसनले वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको भ्रमण गरेका छन् ।

भ्रमणका क्रममा उनले तालिम केन्द्रले संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना कार्यका लागि सञ्चालन गर्ने अन्तर्राष्ट्रिय स्तरका तालिम लगायतका प्रशिक्षण कार्यक्रमबारे जानकारी लिएका थिए ।

वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा विभिन्न प्रकारका तालिमहरूको सञ्चालन लगायत तालिम केन्द्रको स्तरोन्नतिमा संयुक्त राष्ट्रसंघ तथा अन्य मित्रराष्ट्रहरू जस्तै संयुक्त राज्य अमेरिकी सरकारबाट समेत सहयोग प्राप्त हुँदै आएको सेनाले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्