असोज १०, २०८०
आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १८ दशमलव ६० अङ्कले घटेर दुई हजार चार दशमलव ३० अङ्कमा कायम भएको छ । विभिन्न कम्पनीका ७० लाख ६१ हजार चार सय चार कित्ता शेयर रु एक अर्ब ८१ करोड ४३ लाख ५९ हजार २२ मा क...
युवा तथा खेलकुदमन्त्री डिकबहादुर लिम्बूको गृहनगरमा गाउँपालिकाभन्दा कम बजेट संघीय सरकारबाट प्राप्त हुने भएको छ ।
सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमा विनियोजन गरेकोमध्ये लेटाङ नगरपालिकाले गाउँपालिकाभन्दा कम बजेट पाएको छ । लेटाङ युवा तथा खेलकुदमन्त्री डिकबहादुर लिम्बूको घर भएको नगरपालिका हो ।
लेटाङ नगरपालिकाले ३५ करोड ८ लाख मात्रै संघीय बजेट पाउने भएको छ । चालूतर्फ ३२ करोड २६ लाख र पुँजीगततर्फ २ करोड ८२ लाख बजेट विनियोजन गरिएको छ ।
आगामी आर्थिक वर्षमा संघीय सरकारबाट मोरङका १७ स्थानीय तहले ८ अर्ब ५५ करोड ३ लाख रुपैयाँ पाउने भएका छन् । विनियोजित रकममध्ये चालूतर्फ ७ अर्ब १९ करोड ११ लाख र पुँजीगततर्फ १ अर्ब २५ करोड ९२ लाख रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट वक्तव्यमार्फत बताएका छन् ।
मोरङमा १ महानगरपालिका, ८ नगरपालिका र ८ गाउँपालिका छन् । विराटनगर महानगरपालिकाले १ अर्ब १९ करोड २४ लाख रुपैयाँ बजेट पाउने भएको छ ।
संघीय सरकारबाट सबैभन्दा बढी विराटनगर महानगरपालिकाले प्राप्त गरेको छ भने सबैभन्दा कम केराबारी गाउँपालिकाले प्राप्त गरेको छ ।
नगरपालिकातर्फ सबैभन्दा बढी सुन्दरहरैंचा नगरपालिकाले प्राप्त गरेको छ भने सबैभन्दा बढी ग्रामथान गाउँपालिकाले प्राप्त गरेको छ । सुन्दरहरैंचाले ८० करोड ६७ लाख बजेट पाउने भएको छ । चालू खर्च ५४ करोड ५७ लाख र पुँजीगत खर्च २६ करोड १० लाख प्राप्त गरेको छ ।
उर्लाबारी नगरपालिकाका लागि ७८ करोड ३८ लाख विनियोजित भएको छ । चालूतर्फ ४४ करोड ३३ लाख र पुँजीगततर्फ ३४ करोड ५ लाख रुपैयाँ उर्लाबारीले प्राप्त गरेको छ । पथरीशनिश्चरे नगरपालिकाले ४५ करोड ९६ लाख प्राप्त गरेको छ । चालूतर्फ ४३ करोड २९ लाख र पुँजीगततर्फ २ करोड ६७ लाख विनियोजित भएको छ ।
बेलबारी नगरपालिकाले ५१ करोड ९० लाख रुपैयाँ पाउने भएको छ । चालूतर्फ ४६ करोड ९३ लाख र पुँजीगततर्फ ४ करोड ९७ लाख रुपैयाँ विनियोजन भएको थियो ।
रंगेली नगरपालिकाले ४८ करोड ६४ लाख रुपैयाँ पाउने भएको छ । चालूतर्फ ४२ करोड ९२ लाख र पुँजीगततर्फ ५ करोड ७२ लाख विनियोजन भएको थियो । रतुवामाई नगरपालिकाले ५० करोड ५६ लाख रुपैयाँ प्राप्त गर्ने भएको छ । चालूतर्फ ४५ करोड ८९ लाख र पुँजीगततर्फ ३ करोड ६७ लाख विनियोजन भएको थियो ।
सुनवर्षी नगरपालिकाका लागि ४० करोड १२ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । चालूतर्फ ३६ करोड ४४ लाख र पुँजीगततर्फ ३ करोड ६८ लाख रकम विनियोजन गरिएको छ ।
८ वटा गाउँपालिकाले ३ अर्ब ४४ लाख ८० हजार प्राप्त गरेका छन् । कटहरी गाउँपालिकाले ३७ करोड ८३ लाख प्राप्त गरेको छ भने कानेपोखरी गाउँपालिकाले ३९ करोड ७१ लाख पाउने छ ।
केराबारी गाउँपालिकाले ३३ करोड ६६ लाख प्राप्त गर्दा ग्रामथान गाउँपालिकाले ४३ करोड २४ लाख प्राप्त गरेका छन् । जहदा गाउँपालिकाले ३६ करोड २६ लाख बजेट प्राप्त गरेका छन् । थनपालथान गाउँपालिकाले ३५ करोड ९७ लाख प्राप्त गरेका छन् । बुढीगंगा गाउँपालिकाले ३९ करोड २६ लाख रुपैयाँ प्राप्त गरेका छन् ।
आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १८ दशमलव ६० अङ्कले घटेर दुई हजार चार दशमलव ३० अङ्कमा कायम भएको छ । विभिन्न कम्पनीका ७० लाख ६१ हजार चार सय चार कित्ता शेयर रु एक अर्ब ८१ करोड ४३ लाख ५९ हजार २२ मा क...
नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राका विनिमयदर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ८८ पैसा र बिक्रीदर १३३ रुपैयाँ ४८ पैसा रहेको छ । यसैगरी युरो एकको खरि...
नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताहरूका लागि ३ दिने चेयरपर्सन क्लब तालिम तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौंस्थित होटल ह्यात रिजेन्सीमा असोज ६ गतेदेखि ८ गतेसम्म भएको कार्यक्रम कम्पन...
नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ४० पैसा र बिक्रीदर १३३ रुपैयाँ रहेको छ । यसैगरी युरो एकको खरिददर १४१ रुपैयाँ ०...
ग्लोबल आईएमई बैंकले क्रेडिट कार्ड प्रयोगकर्तालाई पहिलो कारोबारमा २५ प्रतिशत क्यासब्याकको अफर सार्वजनिक गरेको छ । बैंकले डिजिटल कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ ल्याएको क्यासब्याक अफरमा पहिलोपटक ग्लोब...
'नेपालमा लगानीका सम्भावना अधिक छन् । हामी यहाँहरूको लगानीलाई पूर्णतः सुरक्षा प्रदान गर्दछौँ र यहाँहरूले गर्ने लगानीको उचित वातावरण निर्माणका लागि के गर्नुपर्छ, त्यो गर्छौं । हामीसँग प्राप्त लगानीको सम्भावनाबा...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...