०४ साउन २०८३, सोमबार

संघीय सरकारबाट खेलकुलमन्त्री लिम्बूको गृहनगरमा गाउँपालिकाभन्दा कम बजेट पाइने

जेठ १६, २०८०
संघीय सरकारबाट खेलकुलमन्त्री लिम्बूको गृहनगरमा गाउँपालिकाभन्दा कम बजेट पाइने

युवा तथा खेलकुदमन्त्री डिकबहादुर लिम्बूको गृहनगरमा गाउँपालिकाभन्दा कम बजेट संघीय सरकारबाट प्राप्त हुने भएको छ ।

सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमा विनियोजन गरेकोमध्ये लेटाङ नगरपालिकाले गाउँपालिकाभन्दा कम बजेट पाएको छ । लेटाङ युवा तथा खेलकुदमन्त्री डिकबहादुर लिम्बूको घर भएको नगरपालिका हो । 

लेटाङ नगरपालिकाले ३५ करोड ८ लाख मात्रै संघीय बजेट पाउने भएको छ । चालूतर्फ ३२ करोड २६ लाख र पुँजीगततर्फ २ करोड ८२ लाख बजेट विनियोजन गरिएको छ ।

आगामी आर्थिक वर्षमा संघीय सरकारबाट मोरङका १७ स्थानीय तहले ८ अर्ब ५५ करोड ३ लाख रुपैयाँ पाउने भएका छन् । विनियोजित रकममध्ये चालूतर्फ ७ अर्ब १९ करोड ११ लाख र पुँजीगततर्फ १ अर्ब २५ करोड ९२ लाख रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट वक्तव्यमार्फत बताएका छन् । 

मोरङमा १ महानगरपालिका, ८ नगरपालिका र ८ गाउँपालिका छन् । विराटनगर महानगरपालिकाले १ अर्ब १९ करोड २४ लाख रुपैयाँ बजेट पाउने भएको छ । 

संघीय सरकारबाट सबैभन्दा बढी विराटनगर महानगरपालिकाले प्राप्त गरेको छ भने सबैभन्दा कम केराबारी गाउँपालिकाले प्राप्त गरेको छ ।

नगरपालिकातर्फ सबैभन्दा बढी सुन्दरहरैंचा नगरपालिकाले प्राप्त गरेको छ भने सबैभन्दा बढी ग्रामथान गाउँपालिकाले प्राप्त गरेको छ । सुन्दरहरैंचाले ८० करोड ६७ लाख बजेट पाउने भएको छ । चालू खर्च ५४ करोड ५७ लाख र पुँजीगत खर्च २६ करोड १० लाख प्राप्त गरेको छ । 

उर्लाबारी नगरपालिकाका लागि ७८ करोड ३८ लाख विनियोजित भएको छ । चालूतर्फ ४४ करोड ३३ लाख र पुँजीगततर्फ ३४ करोड ५ लाख रुपैयाँ उर्लाबारीले प्राप्त गरेको छ । पथरीशनिश्चरे नगरपालिकाले ४५ करोड ९६ लाख प्राप्त गरेको छ । चालूतर्फ ४३ करोड २९ लाख र पुँजीगततर्फ २ करोड ६७ लाख विनियोजित भएको छ । 

बेलबारी नगरपालिकाले ५१ करोड ९० लाख रुपैयाँ पाउने भएको छ । चालूतर्फ ४६ करोड ९३ लाख र पुँजीगततर्फ ४ करोड ९७ लाख रुपैयाँ विनियोजन भएको थियो । 

रंगेली नगरपालिकाले ४८ करोड ६४ लाख रुपैयाँ पाउने भएको छ । चालूतर्फ ४२ करोड ९२ लाख र पुँजीगततर्फ ५ करोड ७२ लाख विनियोजन भएको थियो । रतुवामाई नगरपालिकाले  ५० करोड ५६ लाख रुपैयाँ प्राप्त गर्ने भएको छ । चालूतर्फ ४५ करोड ८९ लाख र पुँजीगततर्फ ३ करोड ६७ लाख विनियोजन भएको थियो ।

सुनवर्षी नगरपालिकाका लागि ४० करोड १२ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । चालूतर्फ ३६ करोड ४४ लाख र पुँजीगततर्फ ३ करोड ६८ लाख रकम विनियोजन गरिएको छ । 

८ वटा गाउँपालिकाले ३ अर्ब ४४ लाख ८० हजार प्राप्त गरेका छन् । कटहरी गाउँपालिकाले ३७ करोड ८३ लाख प्राप्त गरेको छ भने कानेपोखरी गाउँपालिकाले ३९ करोड ७१ लाख पाउने छ । 

केराबारी गाउँपालिकाले ३३ करोड ६६ लाख प्राप्त गर्दा ग्रामथान गाउँपालिकाले ४३ करोड २४ लाख प्राप्त गरेका छन् । जहदा गाउँपालिकाले ३६ करोड २६ लाख बजेट प्राप्त गरेका छन् । थनपालथान गाउँपालिकाले ३५ करोड ९७ लाख प्राप्त गरेका छन् । बुढीगंगा गाउँपालिकाले ३९ करोड २६ लाख रुपैयाँ प्राप्त गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्