असोज ६, २०८०
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाल क्रिकेट संघ (क्यान)का केन्द्रीय अध्यक्षमा निर्वाचित चतुरबहादुर चन्द, उपाध्यक्षमा रोशनकुमार सिंह र सचिवमा निर्वाचित हुने पारस खड्कालगायत सबैलाई बधाई दिएका छन् । शनिव...
मौसम पूर्वानुमान महाशाखाले सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भूभागका १–२ स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकाले त्यसबाट हुन सक्ने क्षति वा जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
बुधवार बिहान मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै महाशाखाले हाल देशमा पश्चिमी वायूका साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको जनाएको छ ।
हाल सुदूरपश्चिम प्रदेशमा सामान्य बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ ।
बुधवार दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भूभागका १–२ स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
बुधवार राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका १–२ स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको छ ।
बिहीवार दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भूभागका १–२ स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
बिहीवार राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । गण्डकी र कर्णाली प्रदेशका १–२ स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
शुक्रवार दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानहरू तथा गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भूभागका १–२ स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
शुक्रवार राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाल क्रिकेट संघ (क्यान)का केन्द्रीय अध्यक्षमा निर्वाचित चतुरबहादुर चन्द, उपाध्यक्षमा रोशनकुमार सिंह र सचिवमा निर्वाचित हुने पारस खड्कालगायत सबैलाई बधाई दिएका छन् । शनिव...
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज (शनिबार) चीन पुगेका छन् । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर शुक्रबार न्युयोर्कबाट प्रस्थान गरेका प्रधानमन्त्री प्रचण्ड शनिबार बिहान चीनको हाङचौं शहरमा पुगेका हुन् । हाङचौ...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच औपचारिक भेट भएको छ । चीनको औपचारिक भ्रमणका लागि आज चीन पुगेका प्रचण्डले चिनियाँ समय अनुसार साँझ ५ बजेपछि सी चिनफिङस...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान जारी भएपछि भारतले लगाएको नाकाबन्दी सम्झिँदै देशलाई आत्मनिर्भर बनाउने अभियान छाड्न नहुने बताएका छन् । ओलीले भारतीय नाकाबन्दीको ८ वर्ष पुगेको दिन शनिबार तत्कालीन ना...
राष्ट्रपति रामचन्द्र पौडेलले तनहुँको भानु नगरपालिका–१३ स्थित भयरथान मन्दिरको दर्शन गरेका छन् । उनले आज आफ्नो गृहजिल्लामा रहेको उक्त मन्दिरको दर्शन गरेका हुन् । मिर्लुङकोटको पश्चिमतर्फको खोचमा अवस्थित...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मित्र राष्ट्र चीनको औपचारिक भ्रमणका लागि शनिबार चीन आइपुगेका छन्। प्रधानमन्त्री दाहाल शनिबार चीनको हाङ्चाउ सहर आइपुगेका हुन् । आज स्थानीय समयअनुसार बिहान ...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...