२६ जेठ २०८३, मंगलबार

रेशम चौधरीको माफीविरुद्ध सर्वाेच्चमा दर्ता रिटमाथि आज पहिलो पेशी

रेशम चौधरीको माफीविरुद्ध सर्वाेच्चमा दर्ता रिटमाथि आज पहिलो पेशी

गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले टीकापुर हत्याकाण्डमा अदालतबाट दोषी ठहर रेशम चौधरीलाई दिएको माफीविरुद्ध सर्वाेच्च अदालतमा परेको रिटमाथि आज पहिलो पेशी चढेको छ ।

राष्ट्रपति पौडेलबाट चौधरीलाई माफी भएपछि घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा बोहरा कडायतले सर्वाेच्चमा रिट दिएकी थिइन् । रिटमाथि सुनुवाइ गर्न आज बुधवारका लागि पेशी तोकिएको छ ।

चौधरीलाई घटनामा मुख्य दोषी देखाउँदै जिल्ला अदालत, उच्च अदालत र सर्वाेच्च अदालतले सजाय तोकेका थिए । सर्वाेच्चको संक्षिप्त फैसला आएको केही दिनमै चौधरीले राष्ट्रपतिबाट माफी पाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्