१२ असार २०८३, शुक्रबार

ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु

ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु
प्रतिकात्मक तस्वीर

पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–४ मार्तल पुल नजिक मंगलवार राति ट्रकले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु भएको छ ।

ट्रकको ठक्करबाट राप्ती–४ का ६५ वर्षीय हरि पाण्डेको ज्यान गएको हो । 
 
लोथरबाट नारायणगढतर्फ आउँदै गरेको बा प्र०३–००१ख १८६३ नम्बरको ट्रकले साइकलयात्री पाण्डेलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मंगलवार राति नै मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्