×

NMB BANK
NIC ASIA

‘वेलकम टु हेम्जाकोट’ हाम्रै वरिपरिको कथा हो : निर्देशक पौडेल

जेठ १७, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

सामाजिक–कमेडी जनरामा निर्माण भएको फिल्म ‘वेलकम टु हेम्जाकोट’ यही जेठ २६ गतेबाट प्रदर्शनमा आउँदैछ । प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण टिमले फिल्मको प्रचारप्रसारलाई तीव्र बनाएको छ । 

Muktinath Bank

फिल्मका लेखक एवं निर्देशक सरोज पौडेलले प्रचारप्रसारलाई तीव्र रुपमा अगाडि बढाएको जानकारी दिए । लोकान्तरसँग कुरा गर्दै उनले यो फिल्म कमेडी वेशमा बनेको अग्र्यानिक कन्टेन्ट भएको जानकारी दिए । ‘हेम्जाकोट भन्ने एउटा ठाउँको नाम हो । त्यो ठाउँभित्र रहेको समाज, त्यहाँका तीन पात्रहरूको बीचमा बुनिएको कथा हो’ उनले भने, ‘हामीले उठाएको विषयवस्तु काल्पनिक होइन । हामीहरूकै वरिपरिको कथा हो । सामाजिक कथालाई कमेडी तरिकाले प्रस्तुत गर्न खोजिएको छ ।’ 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अभिनेता बुद्धि तामाङले फिल्ममा गाउँका युवाहरूको वाध्यताको कथा पेस गरिएको बताए । ‘टिम र कथा मन परेपछि फिल्ममा जोडिएको हुँ’ उनले भने ‘दर्शकले मलाई नियमितभन्दा भिन्न चरित्रमा देख्न पाउनुहुनेछ । फिल्म रमाइलो बनेको विश्वास लिएको छु ।’ 


Advertisment
Nabil box
Kumari

अभिनेता विनोद न्यौपानेले फिल्ममा आफ्नो भूमिका महत्व र अर्थपूर्ण रहेको बताए । ‘फिल्ममा मज्जाले काम गर्ने ठाउँ पाएको छु । मैले यो फिल्मबाट केही देखाउन पाउनेछु । दर्शकले पनि केही पाउनेछन्,’ उनले भने । 

Vianet communication
Laxmi Bank

अर्का अभिनेता प्रेविल कंडेलले यस्तो क्षमतावान र चर्चित कलाकारसँग काम गर्न पाउनु आफ्नो लागि भाग्यको कुरा भएको बताए । उनले फिल्मको कथा अहिलेको समसामयिक परिस्थितिमै आधारित रहेको बताए । 

डेब्यू अभिनेत्री अम्बिका तामाङले आफूले गरेको पात्रबारे भनिन्, ‘मैले गाउँकी साधारण केटीको भूमिका निर्वाह गरेकी छु । जो लोकसेवा परीक्षाको तयारीमा छिन् ।’ 

क्लोजअप सिने प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा बुद्धि तामाङ, विनोद न्यौपाने, दिनेश खड्का, प्रदीप ढकाल, सन्दिप सिग्देल, अम्बिका तामाङ, सुजाइरा कार्की, विशाल पहारी, रवि गिरी, लक्ष्मीनाथ तिमल्सीना, रश्मी भट्ट, अस्मिता पन्त, शारदा गिरी, बलदिव राई, प्रेविल कंडेल, स्व.जयनन्द लामालगायत कलाकारको अभिनय छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x