०६ असार २०८३, शनिबार

सुनको भन्सार प्रतिकिलो १० लाख पुग्यो, उपभोक्ता मूल्य पनि बढ्न सक्ने

सुनको भन्सार प्रतिकिलो १० लाख पुग्यो, उपभोक्ता मूल्य पनि बढ्न सक्ने

सरकारले बजेटमार्फत सुनमा १७ प्रतिशत कर बढाएको छ । 

सरकारले सुन र चाँदीमा १५ प्रतिशत भन्सार र २ प्रतिशत विलासिता कर थप गरेसँगै अब प्रतिकेजी सुनको भन्सार १० लाख हाराहारीमा पुगेको छ । 

हालसम्म नेपालमा प्रतिकिलो सुनमा ८ लाख ५० हजार रुपैयाँ र प्रतिकिलो चाँदीमा ८ हजार ५ सय भन्सार लाग्दै आएको छ ।

अब एक किलो सुनमा लाग्ने भन्सार नै ९ लाख ९४ हजार ५ सय रुपैयाँ पुग्ने भएको छ । 

बजेटले सुनचाँदीको आयातमा लाग्ने भन्सार दरमा ५० प्रतिशत वृद्धि गरेको हो । सरकारको यो व्यवस्थाले समग्र सुनचाँदी व्यवसायीलाई मात्र नभई आम उपभोक्तालाई समेत चर्को मार पर्ने नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले बताए ।

अहिले पनि नेपालमा भन्दा अन्य देशमा सुन प्रतितोला १५ हजार सस्तो रहेको उनको भनाइ छ ।

कमेन्ट गर्नुहोस्