१० असार २०८३, बुधबार

खयरडाँडामा देवदह दरबारको उत्खनन शुरू

खयरडाँडामा देवदह दरबारको उत्खनन शुरू

लुम्बिनी विकास कोषले बुद्धको मावली कोलिय गणराज्यको दरबार क्षेत्र अनुमान गरिएको खयरडाँडामा उत्खनन शुरू गरेको छ ।​

बुधवार कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई र देवदह नगरपालिकाका नगरप्रमुख ध्रुव खरेलले संयुक्तरुपमा दरबार उत्खननको शुभारम्भ गरेका हुन् । 

देवदह नगरपालिका वडा नम्बर ९ स्थित घोडाहा खयरडाँडामा लामो समयदेखि दरबारक्षेत्रको भग्नावशेष रहेको भन्दै उत्खननका लागि स्थानीयहरूले आवाज उठाउँदै आएका थिए ।​

देवदहका स्थानीयसमेत रहेका कोषाध्यक्ष भट्टराईले देवदहका स्थानीय र विभिन्न अभियन्ताहरूको दाबीअनुसार देवदहको खोजीका लागि उत्खनन महत्वपूर्ण बन्ने बताए ।

उनले कोषले बौद्धपुरातात्विक क्षेत्रहरुको उत्खनन र संरक्षणमा पुरातत्व महाशाखालाई बलियो बनाएर अभियान सञ्चालन गर्ने योजनामा रहेको बताए । ​

देवदहको खोजीका लागि रुपन्देही र नवलपरासीका क्षेत्रहरूको पुरातात्विक उत्खनन गर्नुपर्ने बताउँदै त्यसैका लागि कोषले उत्खनन थालेको उनको भनाइ थियो । ‘देवदह कुन हो, त्यसका लागि पुरातात्विक रुपमा पुष्टि हुन बाँकी छ, तर खयरडाँडा पुरातात्विक स्थल रहेकोमा कुनै शंका छैन’ उनले भने ।

देवदह नगरभित्रका बैरीमाई, कन्यामाई र भवानीपुर बौद्धकालिन पुरातात्विक स्थलका रुपमा विगतको उत्खननले प्रमाणित गरेकाले त्यहाँको पुरातात्विक स्थलहरूको संरक्षण गर्दै पर्यटकीय आर्कषणको केन्द्र बनाउन नगरपालिकाले काम गर्नुपर्ने उनको भनाइ थियो ।

salt training

कमेन्ट गर्नुहोस्