१८ असार २०८३, बिहीबार

रोहिंग्याको समस्या के हो ? किन उनीहरूको नरसंहार गरिँदैछ ?

कात्तिक २०, २०७४
रोहिंग्याको समस्या के हो ? किन उनीहरूको नरसंहार गरिँदैछ ?

काठमाडौं, २३ भदौ — रोहिंग्या म्यान्मार वा बर्मामा बस्ने अल्पसंख्यक समूह हो । तिनीहरू बंगाली भाषा बोल्छन् र धेरैजसो रोहिंग्याहरू मुसलमान छन् । बर्मा आफैंमा बौद्धहरू बहुसंख्यक छन् ।


तर बर्मेली सरकारले रोहिंग्या समुदाय नै अस्तित्वमा नरहेको बताउँछ । उनीहरू त रोहिंग्या भन्ने शब्द नै छैन र ती रोहिंग्या भनिने व्यक्तिहरू बंगाली हुन् भन्छन् । ती बंगालीहरू बेलायती साम्राज्यका समयमा अनि पछि बंगलादेशको स्वतन्त्रता युद्धका बेलामा बर्मा गएका थिए ।

बर्मामा दश लाखभन्दा बढी रोहिंग्या रहेको अनुमान गरिन्छ र उनीहरू देशको उत्तरी भाग राखिने राज्यमा बस्छन् । उक्त क्षेत्र भारत र बंगलादेशको सिमानामा पर्छ ।

सन् १९९० को दशकमा रोहिंग्या भन्ने शब्द प्रचलनमा आएको भएपनि यस्तैखाले शब्दहरू राखिने राज्यमा बस्ने मानिसहरूका लागि १८औं शताब्दीतिरै प्रयोग गरिन्थ्यो ।

केही रोहिंग्याहरू आठौं शताब्दीमा जहाज दुर्घटना भएपछि बर्मामा बस्न थालेको बताउँछन् । यसो हो भने उनीहरूको सम्बन्ध अरब वा पर्सियनहरूसँग हुन्छ ।

रोहिंग्याको पहिचानसम्बन्धी विवादको ठूलो परिणाम छ । यो समुदायलाई उक्त देशमा रहेका १३५ जनजातिको सूचीमा राखिएको छैन जबकि उनीहरूको संख्या ठूलो छ । उनीहरूलाई नागरिक नै मानिँदैन र सरकारी सेवाबाट वञ्चित गरिन्छ ।

रोहिंग्याहरूलाई लामो समयदेखि विभेद गरिँदै आएको छ । सन् २००९ मा संयुक्त राष्ट्रसंघकी एक प्रवक्ताले उनीहरूलाई ‘संसारमा साथी नभएका मानिस’ भनी चित्रित गरेकी थिइन् । सन् २०११ मा बर्माको सेनाले सत्ता छोडेपछि त रोहिंग्याहरूको स्थिति झनै नाजुक भएको छ ।

बर्मामा बौद्ध राष्ट्रवाद चर्किंदै जाँदा धर्मसम्बन्धी अनेकौं कानून बनेका छन् । नब्बे प्रतिशत बौद्धमार्गीहरू भएको देशमा इतर धर्मका सँग विवाद गर्न मनाही छ ।

राखिनेमा हिंसाका ठूला घटना यसअघि पनि भएका छन् । सन् २०१२ मा एक महिलाको बलात्कार भएपछि धेरै मुसलमानहरू विस्थापित हुनुपरेको थियो । उनीहरूमध्ये धेरैजसो आन्तरिक विस्थापितका रूपमा फोहोरी क्याम्पमा बसिरहेका छन् ।

रोहिंग्याहरू बंगलादेशतर्फ कैयौं दशकदेखि पलायन भइरहेका छन् । उनीहरू थोत्रो डुंगामार्फत पनि भागेर टाढाका मुलुकतर्फ भागेका छन् । तर अहिले चाहिँ भाग्नेहरूको संख्या ठूलो छ ।

संयुक्त राष्ट्रसंघको शरणार्थी नियोगले विगत दश दिनयता एक लाख २३ हजार शरणार्थी भागेको बताएको छ ।

अहिले हिंसा वृद्धि हुनुमा विद्रोह प्रमुख कारण हो जसका कारण सरकारबाट कठोर दमन भएको छ । अक्टोबर महिनामा नौजना प्रहरी अधिकारीहरूलाई सशस्त्र व्यक्तिहरूले हत्या गरिदिएका थिए । उनीहरू मुसलमान भएको बताइयो । त्यसपछि भड्केको हिंसामा दर्जनौं मानिस मरे र हजारौं विस्थापित भए ।

अगस्ट महिनाको २५ तारिखमा विद्रोही समूह अराकान रोहिंग्या साल्भेसन आर्मीले उत्तरी राखिनेमा सुरक्षाफौजमाथि आक्रमण गरेपछि बर्मेली सेनाले समूहमा आबद्ध ३७० जनाको हत्या गरेको बतायो । तर रोहिंग्या कार्यकर्ताहरूका अनुसार तीमध्ये धेरैजसो लडाकु थिएनन् र मर्नेको संख्या अझै बढी छ ।

उत्तरी राखिनेमा रोहिंग्या बस्ने क्षेत्रमा तोडफोड भएका छन् । ह्युमन राइट्स वाच नामक मानवअधिकारवादी संस्थाले गत साता जारी गरेको स्याटेलाइट इमेजमा मुस्लिम क्षेत्रका धेरै भवनमा क्षति पु–याइएको र मानिसहरूलाई जिउँदै जलाइएको देखिन्छ । तर सरकारले रोहिंग्या विद्रोही आफैंले यी गाउँहरू जलाएको बताएको छ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्