असोज १३, २०८०
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन (एन प्याब्सन)मा आलोपालोका लागि भएको सहमतिबमोजिम अध्यक्षमा सहअध्यक्ष सुवास न्यौपानेको आजदेखि कार्यकाल शुरू गरेका छन् । सो सङ्गठनको २०७८ फागुन २४ गते नेपालगञ्जम...
केही दिनयता बढिरहेको प्रचण्ड गर्मीका कारण सिरहाको लहान नगरपालिकाले विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ ।
नगरपालिकाले एक सूचना जारी गर्दै सबै विद्यालयमा १ हप्तासम्मका लागि बिदा दिने निर्णय गरेको हो ।
अत्यधिक बढ्दो गर्मीको कारण बालबालिकाको स्वास्थ्यमा पर्नसक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै आज शुक्रवारदेखि जेठ २६ गते शुक्रवारसम्मका लागि नगरपालिका अन्तर्गतका बालविकासदेखि १२ कक्षासम्मका सबै सामुदायिक, निजी तथा धार्मिक विद्यालयमा पठनपाठन बन्द गरिएको हो ।
गर्मीले पठनपाठनमा अवरोध भएकाले वर्षे बिदाबाट बिदा कट्टा हुने गरी विद्यालय बन्द गरिएको लहान नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुभद्रा गौतमद्वारा जारी सूचनामा उल्लेख छ ।
गर्मी यथावत रहिरहे आइतवारदेखि लागू हुने गरी सिरहाका अन्य पालिकाले पनि पठनपाठन बन्द गर्ने शिक्षा विकास तथा समन्वय एकाइ सिरहाका प्रमुख शशीकुमार यादवले जानकारी दिए । सिरहामा १७ वटा स्थानीय पालिका रहेका छन् ।
विगत केही दिनदेखि अत्यधिक गर्मीका कारण सिरहा, सप्तरी, धनुषासहित मध्य तराईको जनजीवन प्रभावित भएको छ । सिरहाको लहानको बिहीवारको अधिकतम तापक्रम ४२ डिग्री सेल्सियस रहेको छ ।
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन (एन प्याब्सन)मा आलोपालोका लागि भएको सहमतिबमोजिम अध्यक्षमा सहअध्यक्ष सुवास न्यौपानेको आजदेखि कार्यकाल शुरू गरेका छन् । सो सङ्गठनको २०७८ फागुन २४ गते नेपालगञ्जम...
शिक्षकहरूले पठनपाठन ठप्प गराएर तीन दिन गरेको आन्दोलनको क्षतिपूर्ति शनिवार पठाएर चुक्ता गर्ने बताएका छन् । सरकार र नेपाल शिक्षक संघबीच शुक्रवार साँझ ६ बुँदे सहमति भएर आन्दोलनका कार्यक्रम सकिएको जानकारी दिँदै ...
नेपाल गणित समाजको दोस्रो चरणको प्रशिक्षक प्रशिक्षण शनिवारदेखि शुरू भएको छ । देशका सातै प्रदेशबाट प्रतिनिधित्व हुनेगरी ५१ गणित शिक्षकलाई प्रशिक्षण दिन शुरू गरिएको हो । शनिवारदेखि असोज २३ गतेसम्म अनलाइन...
सरकार र नेपाल शिक्षकसँगको ६ बुँदे सहमतिप्रति असहमति जनाउँदै आइरहेका शिक्षकहरूले आन्दोलन जारी राख्ने भएका छन् । । पेन्सन बन्चित शिक्षक केन्द्रीय संघर्ष समितिले शनिवार साँझ एक विज्ञप्ति जारी गर्दै आफ्ना माग सरकार...
रुपनी जीएम वरिपरि सानासाना नानीहरू, तीनै नानीहरूको बीचमा बसेर क, ख, ग, घ र १, २, ३, ४ सिक्दै गरेकी दुजीकुमारी ओली । उमेरले उनी ५० वर्ष नाघिसकेकी छिन् । हेर्दा लाग्छ, उनी ती नानीबाबुलाई सिकाउने श...
सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयमा लागेको ताला दुई महिनापछि खुलेको छ । विद्यार्थी सङ्गठनहरूले विभिन्न माग राख्दै केन्द्रीय कार्यालयमा गरेको तालाबन्दी विश्वविद्यालय प्रशासन र विद्यार्थी सङ्गठनबीच ...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...