असोज १०, २०८०
बागलुङको नेपाल माध्यमिक विद्यालयलाई दक्षिण कोरियाली सरकारले सहयोग गर्ने भएको छ । विद्यालयको स्तर उन्नतीका लागि नेपाल सरकार र दक्षिण कोरियाली प्रतिनिधि मण्डलबीच शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयमा एक सम्झौता ...
चितवनमा गर्मी बढेसँगै पालिकाहरूले विद्यालयमा बिदा दिन थालेका छन् ।
पछिल्लो हप्ता गर्मी ह्वात्तै बढेपछि जिल्लाका ४ पालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् ।
रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका, राप्ती नगरपालिका र माडी नगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । भरतपुर विमानस्थलका अनुसार चितवनमा बुधवार र बिहीवारको अधिकतम तापक्रम ३९ डिग्री मापन गरिएको छ ।
खैरहनी नगरपालिकाले गर्मी बढेसँगै ५ दिनका लागि बन्द गरेको जनाएको छ । स्थानीय बिदा कटौती हुने गरी १ दिन र वर्षे बिदाबाट कटौती हुने गरी ५ दिन विद्यालय बिदा गरेको हो । नगरपालिकाले नियमित सञ्चालन भएका परीक्षालाई भने यथावत रूपमा सञ्चालन गर्ने निर्णय गरेको नगर शिक्षा अधिकारी राजु बानियाँले जानकारी दिए । उनले गर्मीका कारण विद्यार्थीलाई विद्यालय आउन जान असहजता सिर्जना भएकाले शुक्रवारदेखि विद्यालय बन्द गरिएको बताए ।
रत्ननगर नगरपालिकाले नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालय ५ दिन बन्द गरेको छ । नगरपालिकाले बिहीवार एक सूचना जारी गरी गर्मीका कारण बालबालिकालाई पढाउन सक्ने अवस्था नरहेको भन्दै ५ दिन विद्यालय बन्द गरेको जनाएको छ । जेठ १९ गते स्थानीय बिदा र २१ गतेदेखि २४ गतेसम्म वर्षे बिदा कट्टी हुने गरी विद्यालय बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले जानकारी दिए ।
राप्ती नगरपालिकाले पनि ५ दिनका लागि विद्यालयमा बिदा दिएको जनाएको छ । गर्मीका कारण विद्यार्थीलाई विद्यालय आउन जान र पठनपाठनमा प्रतिकूल असर पर्न थालेपछि सामुदायिक र सस्थागत विद्यालयमा जेठ १९ देखि २४ गतेसम्म बिदा दिइएको राप्ती नगरपालिकाकी शिक्षा अधिकृत रविना देउजाले जानकारी दिइन् ।
माडी नगरपालिकाले शुक्रवार र आइतवार २ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले जानकारी दिए ।
बागलुङको नेपाल माध्यमिक विद्यालयलाई दक्षिण कोरियाली सरकारले सहयोग गर्ने भएको छ । विद्यालयको स्तर उन्नतीका लागि नेपाल सरकार र दक्षिण कोरियाली प्रतिनिधि मण्डलबीच शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयमा एक सम्झौता ...
सडकमा उत्रिएको १० औं दिनमा शिक्षकका सबै संघ–संगठनले आफ्ना आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई र आन्दोलनरत शिक्षक संगठनबीच शुक्रवार सिंहदरबारमा भएको व...
नेपाल गणित समाजको दोस्रो चरणको प्रशिक्षक प्रशिक्षण शनिवारदेखि शुरू भएको छ । देशका सातै प्रदेशबाट प्रतिनिधित्व हुनेगरी ५१ गणित शिक्षकलाई प्रशिक्षण दिन शुरू गरिएको हो । शनिवारदेखि असोज २३ गतेसम्म अनलाइन...
शिक्षकहरूले पठनपाठन ठप्प गराएर तीन दिन गरेको आन्दोलनको क्षतिपूर्ति शनिवार पठाएर चुक्ता गर्ने बताएका छन् । सरकार र नेपाल शिक्षक संघबीच शुक्रवार साँझ ६ बुँदे सहमति भएर आन्दोलनका कार्यक्रम सकिएको जानकारी दिँदै ...
सरकार र नेपाल शिक्षकसँगको ६ बुँदे सहमतिप्रति असहमति जनाउँदै आइरहेका शिक्षकहरूले आन्दोलन जारी राख्ने भएका छन् । । पेन्सन बन्चित शिक्षक केन्द्रीय संघर्ष समितिले शनिवार साँझ एक विज्ञप्ति जारी गर्दै आफ्ना माग सरकार...
रुपनी जीएम वरिपरि सानासाना नानीहरू, तीनै नानीहरूको बीचमा बसेर क, ख, ग, घ र १, २, ३, ४ सिक्दै गरेकी दुजीकुमारी ओली । उमेरले उनी ५० वर्ष नाघिसकेकी छिन् । हेर्दा लाग्छ, उनी ती नानीबाबुलाई सिकाउने श...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...