
नेपाल प्रहरीका दुई प्रहरी उपरीक्षक (एसपी) र तीन डीएसपीको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार नेपाल प्रहरी अंग रक्षक गण नक्सालमा कार्यरत एसपी काजीकुमार आचार्यलाई जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासी सरुवा गरिएको छ ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीबाट एसपी विनोद सिलवाललाई अपराध अनुसन्धान विभाग नक्साल सरुवा गरिएको छ ।
कार्यालयका अनुसार प्रहरी नायक उपरीक्षक (डीएसपी) रविन्द्र गुरुङलाई गौतमवुद्ध विमानस्थल भैरहवाबाट प्रहरी वृत सिंददरबार तानिएको छ ।
उद्धव सिंह भाटलाई इलाका प्रहरी कार्यालय टिकापुरबाट विशेष सुरक्षा गण सुनवल तानिएको छ भने तुलसी अर्याललाई काठमाडौँ उपत्यका विशेष सुरक्षा प्रहरी गणबाट इलाका प्रहरी कार्यालय टीकापुर पठाइएको छ ।