असोज १३, २०८०
पर्वतको कुश्मा नगरपालिका–७ र ८ को सिमानामा रहेको तमादीखोलामा आएको बाढीले पोखरा–बागलुङ सडकमा गुडिरहेको जीप बगाउँदा तीन यात्रु बेपत्ता भएका छन् । बागलुङबाट पोखरातर्फ जाँदै गरेको ग१ज ६२...
काठमाडाैं | जेठ १९, २०८०
राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालको जातजाति, भाषा तथा धर्मसम्बन्धी तथ्यांकीय नतिजा सार्वजनिक गरेको छ ।
कार्यालयले शुक्रवार सार्वजनिक गरेको विरणअनुसार नेपालमा १४२ वटा जातजाति रहेका छन् । यसअघि २०६८ सालको जनगणना अनुसार नेपालमा १२५ जातजाति रहेका थिए । यसपाली १७ जातजाति थप भएको कार्यालयले जनाएको छ । नेपालमा बोलिने मातृभाषा १२४ रहेको कार्यालयले जनाएको छ ।
नेपालमा १० वटा धर्म रहेको कार्यालयले जनाएको छ । कार्यालयले गत चैत १० गते १२ औं जनगणनाको संक्षिप्त विवरण सार्वजनिक गरेको थियो ।
कार्यालयका अनुसार नेपालमा दुई करोड २६ लाख सात हजार ७४४ हिन्दू धर्मावलम्बी रहेका छन् । जुन कूल जनसंख्याको ८१.१८ प्रतिशत हो । २०६८ को जनगणना अनुसार नेपालमा हिन्दू धर्म मान्नेको संख्या ८१.३ प्रतिशत थियो ।
यस्तै नेपालमा हिन्दूपछि दोस्रोमा बौद्ध धर्म मान्ने छन् । कार्यालयको विवरणअनुसार २३ लाख ९३ हजार ५४९ जना छन् । जुन कूल जनसंख्याको ८.२१ प्रतिशत हो ।
तेस्रोमा मुस्लिम धर्म मान्ने १४ लाख ८३ हजार ६६ जना छन् । जुन कूल जनसंख्याको ५.०८ प्रतिशत हो ।
त्यस्तै किरात धर्म मान्ने नौ लाख २४ हजार २०४ जना छन् । जुन कूल जनसंख्याको ३.१७ प्रतिशत हो ।
नेपालमा क्रिश्चियन धर्म मान्नेको संख्या पाँच लाख १२ हजार ३१३ रहेको छ । जुन कूल जनसंख्याको १. ७५ प्रतिशत हो । २०६८ को जनगणना अनुसार नेपालमा क्रिश्चियन धर्म मान्नेको संख्या १.४ प्रतिशत थियो ।
बाँकी अन्य धर्म मान्ने छन् ।
जनगणनाअनुसार जातजाति, भाषा तथा धर्मसँग सम्बन्धित तथ्याङ्क उत्तरदाताहरूले दिएका जवाफका आधारमा र विज्ञसमूहको सिफारिस अनुसार राष्ट्रिय जनगणना २०७८ मा जातजातिको संख्या, मातृभाषा संख्या र धर्म संख्या कायम भएको कार्यालयले जनाएको छ ।
*यसअघि यही समाचारमा नेपालमा १४२ जातजाति हुनुपर्नेमा १४१ भएकोले सच्याइएको छ । -सं
पर्वतको कुश्मा नगरपालिका–७ र ८ को सिमानामा रहेको तमादीखोलामा आएको बाढीले पोखरा–बागलुङ सडकमा गुडिरहेको जीप बगाउँदा तीन यात्रु बेपत्ता भएका छन् । बागलुङबाट पोखरातर्फ जाँदै गरेको ग१ज ६२...
नेपाल प्रहरीले पाँच केजी चरेशसहित दुई जनालाई पक्राउ गरेको छ । उनीहरूलाई शनिवार काठमाडौंबाट पक्राउ गरिएको हो । पक्राउ पर्नेमा धादिङको गल्छी गाउँपालिकाका ३२ वर्षीय गोविन्द तामाङ र २७ वर्षका मुस्कान लाम...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले दुई किलो सात सय २० ग्राम सुनसहित एक जना फिलिपिन्सकी महिलालाई पक्राउ गरेको छ । फ्लाई दुबईको उडान नम्बर एफजेड ५७५ को जहाजबाट शुक्रबार राति काठमाडौँ आएकी फिल...
पर्वतको कुश्मा नगरपालिका–७ र ८ को सिमानामा रहेको तमादी खोलामा आएको बाढीले बगाएको जीप फेला परेको छ । कुश्मा नगरपालिका–८ को मोदी खोला र तमादी खोलाको दोभानमा हिलोमा पुरिएको अवस्थामा जीप फेला प...
घोराही–तुलसीपुर चार लेन सडक दुई चरणमा मर्मत भइरहेको छ । पहिलो चरणमा तुलसीपुरको हात्तीखौवाबाट गुर्जेखोलासम्मको काम भइरहेको छ । सो काम असोजमा सक्ने गरी सम्झौता भएको छ । असार १८ गते सम्झौता गरी ह...
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन स्वदेश फर्किएका छन्। अध्यक्ष लिङ्देन पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज (पानस) कतारको निमन्त्रणामा दोहामा भएको विविध कार्यक्रममा सहभागी भई आज ...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...