
चौथो महिला टी–२० खेलमा नेपाल मलेसियासँग पराजय भएको छ । ५ खेलको सिरिजमा २–१ ले अगाडि रहेको नेपाललाई मलेसियाले अन्तिम बलमा पराजित गरेको हो ।
नेपाल पराजित भएसँगै सिरिजमा २–२ को बराबरी भएको छ ।
टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले २० ओभरमा सात विकेट गुमाउँदै ९७ रनको लक्ष्य दिएको थियो । इन्दु बर्माले नेपालका लागि सर्वाधिक ३२ रन जोडेकी थिइन् ।
नेपाल १०.४ ओभरमा ३३ रन जोड्दा ५ विकेटको अवस्थाबाट ९६ रनसम्म पुगेको थियो ।
प्रतिस्पर्धात्मक लक्ष्यलाई मलेसिया २० ओभरमा ओभरमा पूरा गर्दै ४ विकेटका जीत निकालेको हो ।
सिरिजमा बराबरी भएसँगै अन्तिम खेल दुवै टिमका लागि थप रोचक हुने भएको छ ।
अन्तिम ओभरमा चार रन चाहिँदा नेपालले दुई बल वाइड फाल्दा पनि खेल अन्तिम बलसम्म पुगेको थियो ।