१० असार २०८३, बुधबार

प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता

जेठ २०, २०८०
काठमाडौं
प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फर्किएका छन् । 

भारतको चारदिने औपचारिक भ्रमण पूरा गरी उनी नेपाल वायु सेवा निगमको विमानबाट केहीबेर अगाडि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । ​

नयाँदिल्लीस्थित इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थमा उनलाई भारतीय विदेशमन्त्रालयकी राज्यमन्त्री मनाक्षी लेखीले बिदाइ गरेकी थिइन् । 

भारत भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदी, राष्ट्रपति दौपदी मुर्मू, उपराष्ट्रपति जगदीप धनखडलगायतसँग शिष्टाचार भेटवार्ता गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्