१७ असार २०८३, बुधबार

दसैंको मुखमा बन्द दरबारमार्ग, ठग्न पाउनु पर्ने माग !

कात्तिक २०, २०७४
दसैंको मुखमा बन्द दरबारमार्ग, ठग्न पाउनु पर्ने माग !
काठमाडौं, २३ भदौ - दसैंको मुखमा राजधानीका उच्चवर्गीयको प्रमुख बजार दरबारमार्गका पसल बिहीबार बन्द भए । आपूर्ति विभागले बुधबार थप पाँचवटा ब्रान्डेड स्टोरमा सिल गरेपछि विरोधमा व्यवसायीले आफ्ना पसल बन्द गरेका हुन्, अन्नपूर्ण पोस्टमा खबर छ ।tala
दरबारमार्ग विकास बोर्डले विरोध आह्वान गरेको थियो ।
व्यवसायी श्री गुरुङका अनुसार दरबारमार्गमा दुई सयको हाराहारीमा पसल छन् । आपूर्तिमन्त्रीसहितको टोलीले सोमबार आठवटा स्टोरमा सिल गरे पनि व्यवसायी विरोधमा उत्रिएका थिएनन् । तर दोस्रोपटक सिल भएपछि विरोध भएको हो ।
कालोबजारी वा न्यून बीजकीकरणमार्फत राजस्व छली भएको आशंका छ भने अनुसन्धान गर्न कुनै अवरोध नगर्ने भन्दै दरबारमार्ग विकास बोर्डका अध्यक्ष गोपाल सुन्दरलाल कक्षपति यसका लागि पसल सिल गर्न जरुरी नभएको बताउँछन् । ‘आवश्यक कागजपत्र नियन्त्रणमा लिइयोस्, प्रमाण पेस गर्न भनियोस्', बिहीबार आयोजित पत्रकार सम्मेलन गरी उनले भने, ‘पसल बन्द गर्न जरुरी नै छैन ।'
राजस्व छलीको आशंकामा अनुसन्धान गर्नुपरे राजस्वसम्बद्ध निकायले कागजपत्र नियन्त्रणमा लिए पनि व्यापार बन्द नगर्ने उदाहरण दिँदै आपूर्तिले पनि यही ढाँचामा छानबिन गर्नुपर्ने व्यापारीको माग छ ।

salt training

कमेन्ट गर्नुहोस्