२९ जेठ २०८३, शुक्रबार

बजाजको २५ वर्ष लिडरशिप योजना सम्पन्न

जेठ २३, २०८०
काठमाडौं
बजाजको २५ वर्ष लिडरशिप योजना सम्पन्न

बजाज मोटरसाइकलको लिडरशिप २५ वर्ष योजना सम्पन्न भएको छ ।

नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले आफ्नो रजत जयन्तीको अवसरमा सञ्चालनमा ल्याएको ‘नेपालमा आफ्नो लिडरशिपको २५ वर्ष क्याम्पेन’ सफलतापूर्वक सम्पन्न भएको हो ।

आफ्ना उपभोक्ताहरूलाई आकर्षक लाभहरू प्रदान गर्दै कृतज्ञता व्यक्त गर्ने लक्ष्यको साथ यो अभियान नयाँ वर्ष २०७८ को शुभ अवसरमा शुभारम्भ गरिएको कम्पनीले जनाएको छ ।

अभियानको एक हिस्साको रूपमा बजाजले ग्राहकहरूलाई आकर्षक अफरहरू उपलब्ध गराएको थियो ।

जसमा विशेष २५ प्रतिशत डाउन पेमेन्टमा फाइनान्सिङको विकल्प, रु.१० हजारसम्मको स्योर शट नगद छुट र भाग्यशाली २५ जना ग्राहकले १ केजी चाँदी जित्ने अवसर समावेश गरिएको थियो ।

अभियानको बारेमा बोल्दै हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिका निर्देशक अभिमन्यु गोल्छाज्यूले भने, ‘यो अभियान हाम्रो अहिलेसम्मको यात्रामा हाम्रा ग्राहकहरूले वर्षौंदेखि दिनुभएको अटल साथका लागि आभार व्यक्त गर्ने र सँगै यस उत्सवलाई मनाउने एक माध्यम थियो । नेपाली बजारलाई २५ वर्षदेखि अटुट सेवा प्रदान गर्न पाउँदा हामी निकै नै खुसी छौँ र भविष्यमा उत्कृष्टता प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई निरन्तरता दिनेछौँ ।’

देशभरका ग्राहकहरूले ‘नेतृत्वको २५ वर्ष’ अभियानका आकर्षक अफरहरूको अत्यधिक लाभ लिएका थिए ।

ग्राहकको सन्तुष्टिमा निरन्तर जोड दिएकाले र उत्कृष्ट उत्पादन तथा विश्वस्तरीय सेवा प्रदान गरेकोले नै अटोमोबाइल क्षेत्रमा बजाजको ब्रान्डको रुपमा स्थापित भएको छ ।

बजाज ब्राण्ड नेपालको सबैभन्दा भरपर्दो मोटरसाइकल ब्रान्ड हुनुका साथै यसको सबैभन्दा ठूलो सर्भिस नेटवर्क छ ।

त्यस्तै यसको रिसेल मूल्य पनि उत्कृष्ट रहेको छ । यसका गुणस्तरीय उत्पादनहरू, स्पेयर पार्टको सहज उपलब्धता र ग्राहकमैत्री सेवा सुविधाप्रतिको प्रतिबद्धताजस्ता कारणले गर्दा नै बजाज बाइकले बजारमा उच्चतम स्थान हासिल गरेका छन् ।

अटोमोबाइल क्षेत्रमा बजाजको निरन्तर २५ वर्षको नेतृत्व यसको नवीनता र गुणस्तरताप्रतिको प्रतिबद्धताको प्रमाण हो । 

यसका साथै बजाजको फ्री लि लि योजना पनि चालु रहेको छ ।

जसअन्तर्गत उपभोक्ताहरुले १२५ सिसिसम्मको बजाज बाइकको खरिदमा १९२ लिटरको सामसुङको रेफ्रिजेरेटर प्राप्त गर्न सक्नेछन् ।

बजाजको अर्को ५० प्रतिशत डाउन पेमेन्टमा शून्य प्रतिशत ब्याज दरको अफर पनि चालु रहेको छ ।

जसअन्तर्गत उपभोक्ताहरूले ५० प्रतिशत डाउनपेमेन्ट गर्दा शून्य प्रतिशत ब्याजदरमा हुलास फिनसर्भमार्फत फाइनान्समा बाइक खरिद गर्न सक्नेछन् ।

salt training

कमेन्ट गर्नुहोस्