
काठमाडौं महागरपालिका प्रमुख बालेन शाह बेल्जियम जाने भएका छन् । मेट्रो पुलिस वर्ल्ड कङ्ग्रेस र अर्बन समिटमा सहभागी हुन उनी बेल्जियम जाने भएका हुन् । मन्त्रिपरिषद् बैठकले शाहको बेल्जियम भ्रमणलाई स्वीकृति प्रदान गरेको छ ।
आगामी जेठ २९ देखि ३२ सम्म बेल्जियमको ब्रसेल्समा आयोजना हुने मेट्रो पुलिस वर्ल्ड कङ्ग्रेस र अर्बन समिटमा शाहलाई भाग लिन बैठकले स्वीकृति प्रदान गरेको सरकारकी प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
त्यसैगरी विद्युतीय व्यापारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई संघीय संसदमा पेस गर्नको निम्ति मन्त्रिपरिषद्ले स्वीकृति दिएको उनले बताइन् ।