२९ जेठ २०८३, शुक्रबार

आँखाको शल्यक्रियापछि मदनकृष्णले भने – आफ्नै देशमा बनेको लेन्स राख्न पाउँदा गर्व महसुस भएको छ

जेठ २४, २०८०
काठमाडौं
आँखाको शल्यक्रियापछि मदनकृष्णले भने – आफ्नै देशमा बनेको लेन्स राख्न पाउँदा गर्व महसुस भएको छ

वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठको आँखाको शल्यक्रिया गरिएको छ । 

तिलगंगा आँखा प्रतिष्ठानमा श्रेष्ठको दाहिने आँखामा भएको मोतीविन्दुको शल्यक्रिया गरिएको हो । 

डा. सन्दुक रुइत, डा. रीता गुरुङ र डा. गोविन्द पौड्याललगायतको समूहले श्रेष्ठको आँखाको शल्यक्रिया गरेको हो । शल्यक्रियापछि उनको आँखामा प्रतिष्ठानमै उत्पादिन इन्ट्राकुलर लेन्स (मोतीबिन्दु शल्यक्रियापछि राखिने लेन्स) राखिएको छ । 

अभिनेता श्रेष्ठले आफ्नो आँखाको शल्यक्रिया सफल भएपछि सामाजिक सञ्जालमा लेखेका छन्, ‘मोतीविन्दुको शल्यक्रिया गर्दा आफ्नै देशको तिलगंगा आँखा अस्पतालमा बनेको लेन्स राख्न पाउँदा मलाई गर्व महसुस भएको छ ।’

salt training

कमेन्ट गर्नुहोस्