२५ जेठ २०८३, सोमबार

भारतमा राज्यमन्त्रीले स्वागत गर्दा कुनै अपमानित महसुस गरेको छैन– प्रचण्ड

जेठ २४, २०८०
काठमाडौं
भारतमा राज्यमन्त्रीले स्वागत गर्दा कुनै अपमानित महसुस गरेको छैन– प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा राज्यमन्त्रीले गरेको स्वागतबाट आफू अपमानित नभएको दाबी गरेका छन् । 

बुधवार राष्ट्रिय सभा बैठकमा आफ्नो भारत भ्रमणबारे जानकारी गराउने क्रममा प्रधानमन्त्री प्रचण्डले औपचारिक भ्रमणमा राज्यमन्त्रीले स्वागत गर्ने पुरानो प्रचलन रहेको बताएका हुन् । 

दिल्लीमा आफूलाई गरिएको स्वागत राजकीय भ्रमणभन्दा कम नरहेको उनको भनाइ थियो । ‘यहाँ कतिपयले राज्यमन्त्रीले स्वागत गर्दा बडो अपमानित भएर आएको भन्ने कुरा गरे, म अपमानित भएको छैन, सम्मानित भएर आएको महसुस गरेको छु’ प्रचण्डले भने, ‘दोस्रो पटकको भ्रमण स्टेट भिजिट थियो, त्यो बेला विदेशमन्त्री सुस्मा स्वराज नै आउनुभएको थियो । अफिसियल भिजिटमा राज्यमन्त्री हो अझ कतिबेला सहसचिव आएका छन् । त्यतिबेला कसैले अपमानित ठानेनौं, प्रचण्ड आएको बेला राज्यमन्त्री भन्यौं।’ 

एयरपोर्टबाट जाने क्रममा सम्पूर्णरूपले स्वागत गरिएको र त्यो स्वागत राजकीय भ्रमणभन्दा कम महसुस नगरेको उनले बताए । 

जेठ १७ गते प्रचण्डलाई भारतमा विदेश राज्यमन्त्री मीनाक्षी लेखीले स्वागत गरेकी थिइन् ।

salt training

कमेन्ट गर्नुहोस्