०५ साउन २०८३, मंगलबार
नक्कली शरणार्थी प्रकरण

केशव दुलालका वकिलको जिकिर– आफैं पीडित हुन्, साधारण तारेखमा छाडियोस्

जेठ २४, २०८०
काठमाडौं
केशव दुलालका वकिलको जिकिर– आफैं पीडित हुन्, साधारण तारेखमा छाडियोस्

नक्कली शरणार्थी प्रकरणका मुख्य अभियुक्तमध्ये एक मानिएका केशव दुलालका वकिलहरूले उनी आफैं पीडित रहेको जिकिर गरेका छन् ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा जारी बहसमा दुलालका तर्फबाट बहस गरेका कानून व्यवसायीहरूले कसूर प्रमाणित नहुने जिकिर गरेका हुन् ।

'दुलाल आफैं पीडित हुन् । अभियोग लगाइएका कुनै पनि कसूरमा संलग्न छैनन् र कसूर प्रमाणित पनि हुँदैन । आफैं ठगिएका हुन् । सकेसम्म साधारण तारेखमा राखियोस्,' उनको पक्षमा बहस गरेका ६ जना वकिलले नै जोड दिएर भने ।

दुलालको पक्षमा वरिष्ठ अधिवक्ता योगेन्द्रबहादुर भट्टराई तथा अधिवक्ताहरू विकास भट्टराई, विकास थापा, विश्वास आचार्य, नरबहादुर योगी र राजन भट्टराईले बहस गरे ।

दुलालको बहस सकिएपछि अहिले अर्का अभियुक्त सानु भण्डारीको तर्फबाट बहस जारी छ ।

खाजा ब्रेकअघि अधिवक्ता विनोद शर्माले बहस गरेका छन् ।

कमेन्ट गर्नुहोस्