०९ असार २०८३, मंगलबार

विद्युतीय सवारीसाधनको कर घटाउन राजेन्द्र लिङ्देनको आग्रह

जेठ २५, २०८०
काठमाडौं
विद्युतीय सवारीसाधनको कर घटाउन राजेन्द्र लिङ्देनको आग्रह

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले बजेटमा करको दर र दायरा बढाउने क्रममा अन्धाधुन्ध काम भएको आरोप लगाएका छन् । साथै यसले पार्ने नकारात्मक प्रभावका बारेमा सोच्नुपर्ने उनको भनाइ छ ।

प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै अनुदान र ऋणमा आधारित रहेको बजेटले जनअपेक्षाअनुसारको अर्थतन्त्र सुधार गर्न नसक्ने दाबी गरे ।

साथै उनले विद्युतीय सवारीसाधनमा कर घटाउनुपर्ने माग गर्दै यसबारेमा बजेटमा सुधार गर्नुपर्ने स्थान रहेको बताए । 

ठूला विद्युत् आयोजना बनाउने जिम्मा विदेशीलाई दिनुभन्दा स्वदेशी लगानीमा निर्माण गर्न सरकारलाई उनको सुझाव थियो ।

salt training

कमेन्ट गर्नुहोस्