असोज ६, २०८०
नेपाली क्रिकेट संघ (क्यान)को सचिवमा नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का विजयी भएका छन् । प्रशान्तविक्रम मल्ललाई पराजित गर्दै पारस सचिवमा विजयी भएका हुन् । प्रशान्तविक्रम मल्ललाई मतले पराजित गर्द...
काठमाडाैं | जेठ २५, २०८०
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहिचानको नाममा भइरहेको आन्दोलनमा प्रधानमन्त्रीले दोहोरो भूमिका खेलेको आरोप लगाएका छन् ।
पार्टीका नवनियुक्त केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रममा उनले प्रदेश १ (कोशी प्रदेश)मा पहिचानको नाममा भइरहेको हिंसात्मक आन्दोलनमा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रत्यक्ष संलग्नता रहेको आरोप लगाए ।
बिहीवार पार्टी केन्द्रीय कार्यालयमा सम्बोधन गर्दै ओलीले एमाले केन्द्रीय सदस्य एवं प्रदेशसभा सदस्य राम रानालाई मोबिल खन्याएर जलाउने प्रयास हुँदा पनि सरकार मुकदर्शक बनेको आरोप लगाए । ‘हरेक जिल्लामा तिनै केटाहरू मोटरसाइकल लिएर हिड्ने गरेका छन्, २०७३ सालतिर मधेशमा त्यही भएको थियो । प्रदेश १ मा पहिचानका नाममा आपराधिक घटना भएको छ । किरात प्रदेश राख्न किन खोजेको रहेछ, राख्दा के हुँदो हो ?’ ओलीले प्रश्न गरे ।
प्रचण्डले पहिचानको राजनीतिको नाममा विषको आगो लगाउन खोजेको ओलीले आरोप लगाए । चिनियाँ नाटकको उदाहराण दिँदै ओलीले प्रचण्ड बहुरूपी भएको आरोप लगाए । ‘प्रचण्ड भनेको त्यस्तै हो, यसो गर्दा प्रो चाइनिज, यसो गर्दा प्रो इण्डियन । यसो गर्दा हिंसावादी अनि शान्तिवादी । कहिले १०८ किलो रुदाक्षवाला यसो गर्दा पहिचानवादी यसो गर्दा राष्ट्रिय एकतावादी !’ शारीरिक हाउभाउ प्रदर्शन गर्दै ओलीले प्रचण्डप्रति टिप्पणी गरे ।
मोबिल छर्केर आगो लगाउने हर्कतलाई राजनीति मान्न नसकिने भन्दै उनले अब एमाले चुप लागेर बस्न नसक्ने चेतावनी दिए । ‘गुण्डागर्दीको राजनीतिलाई जवाफ दिनुपर्ने बेला भएको छ । राम रानालाई आगो लगाउने प्रयास भयो । सरकारले सुरक्षा दिएन भने दृढतापूर्वक मुकाबिला गर्ने काममा लाग्छौं’ ओलीले भने ।
नेपाली क्रिकेट संघ (क्यान)को सचिवमा नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का विजयी भएका छन् । प्रशान्तविक्रम मल्ललाई पराजित गर्दै पारस सचिवमा विजयी भएका हुन् । प्रशान्तविक्रम मल्ललाई मतले पराजित गर्द...
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाल क्रिकेट संघ (क्यान)का केन्द्रीय अध्यक्षमा निर्वाचित चतुरबहादुर चन्द, उपाध्यक्षमा रोशनकुमार सिंह र सचिवमा निर्वाचित हुने पारस खड्कालगायत सबैलाई बधाई दिएका छन् । शनिव...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मित्र राष्ट्र चीनको औपचारिक भ्रमणका लागि शनिबार चीन आइपुगेका छन्। प्रधानमन्त्री दाहाल शनिबार चीनको हाङ्चाउ सहर आइपुगेका हुन् । आज स्थानीय समयअनुसार बिहान ...
राष्ट्रपति रामचन्द्र पौडेलले तनहुँको भानु नगरपालिका–१३ स्थित भयरथान मन्दिरको दर्शन गरेका छन् । उनले आज आफ्नो गृहजिल्लामा रहेको उक्त मन्दिरको दर्शन गरेका हुन् । मिर्लुङकोटको पश्चिमतर्फको खोचमा अवस्थित...
नेपाल क्रिकेट सङ्घ (क्यान)का नवनिर्वाचित अध्यक्ष चतुरबहादुर चन्दले नेपाली क्रिकेट टोलीलाई भारत र पाकिस्तानको उचाइमा पुर्याउने चुनौती रहेको बताएका छन् । क्यानको निर्वाचनबाट दोस्रो कार्यकालका लागि सर्वसम्मत अ...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान जारी भएपछि भारतले लगाएको नाकाबन्दी सम्झिँदै देशलाई आत्मनिर्भर बनाउने अभियान छाड्न नहुने बताएका छन् । ओलीले भारतीय नाकाबन्दीको ८ वर्ष पुगेको दिन शनिबार तत्कालीन ना...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...