०४ साउन २०८३, सोमबार

हवाई टिकट बिक्रीमा ह्याकरको अनधिकृत प्रवेशः साइबर ब्यूरोद्वारा अनुसन्धान शुरु

जेठ २५, २०८०
काठमाडौं
हवाई टिकट बिक्रीमा ह्याकरको अनधिकृत प्रवेशः साइबर ब्यूरोद्वारा अनुसन्धान शुरु

नेपाल प्रहरीको साइबर ब्यूरोले हवाई टिकट बिक्रीमा ह्याकरको अनधिकृत प्रवेशका विषयमा अनुसन्धान थालेको छ । केही समयदेखि नेपालका विभिन्न हवाई टिकट बिक्री वितरण गर्ने कम्पनीलाई लक्षित गरी ह्याकरहरूले विदेशी टिकट इस्यु गरेको पाइएपछि साइबर ब्यूरोले अनुसन्धान थालेको हो ।

उनीहरूले फिसिङको माध्यामबाट लगइन नेम र पासवर्डमा अनाधिकृत पहुँच पुर्‍याएर  विदेशी टिकट इस्यु गरेको उजुरी परेपछि अनुसन्धान शुरु गरिएको साइबर ब्यूरोले जनाएको छ ।​

टिकेटिङ प्रणाली ह्याक गरी अनधिकृत रुपमा टिकट काटिएका संस्थाबाट उजुरी परेकाले छानबिन थालिएको ब्यूरोका उपनिर्देशक प्रहरी उपरीक्षक पशुपतिकुमार रायले जानकारी दिए । उनका अनुसार अहिले उक्त विषयमा सूक्ष्म अनुसन्धान भइरहेको छ ।

उपनिर्देशक रायले तीनवटा संस्थाले त्यसरी ब्यूरोमा उजुरी दिएको उल्लेख गर्दै  ब्यूरोले त्यस्ता घटनामा सचेत हुन सेवाप्रदायक कम्पनी तथा आम नागरिकलाई पनि अनुरोध गरेको छ । 

कस्मो नेपाल ट्राभल्सलगायत तीन  संस्थाका युजर नेमबाट लाखौंको टिकट काटिएको सार्वजनिक भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्