×

NMB BANK
NIC ASIA

राष्ट्र बैं‌कको तथ्यांक

अर्थतन्त्रको पछिल्लो चित्र : रेमिट्यान्स बढ्यो, डलर सञ्चितिमा पनि १७.६ प्रतिशत वृद्धि

काठमाडाैं | जेठ २६, २०८०

NTC
Premier Steels

चालू आवको पहिलो १० महिनामा विदेशी विनिमय सञ्चिति २०.९ प्रतिशतले बढेको छ ।

Muktinath Bank

नेपाल राष्ट्र बैंकले शुक्रवार सार्वजनिक गरेको वैशाख मसान्तसम्मको तथ्यांकले विदेशी विनिमय सञ्चिति  १४ खर्ब ७० अर्ब ३३ करोड पुगेको देखिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गत आर्थिक वर्षको असार मसान्तसम्ममा यस्तो सञ्चिति १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ बराबर रहेको थियो ।


Advertisment
Nabil box
Kumari

अमेरिकी डलर सञ्चिति पनि ९ अर्ब ५४ करोडबाट १७.६ प्रतिशतले बढेर ११ अर्ब २१ करोड कायम भएको राष्ट्र बैंकले जनाएको छ ।

Vianet communication

चालू आवको ९ महिना अर्थात चैत मसान्तसम्ममा कुल विदेशी मुद्रा सञ्चिति १४ खर्ब ३३ अर्ब ७३ करोड र त्यसभित्र अमेरिकी डलर सञ्चिति १० अर्ब ९४ करोड थियो ।

एक महिनाको अवधिमा कुल विदेशी मुद्रा सञ्चिति करीब ३७ अर्बले बढ्दा डलरतर्फ २७ करोड वृद्धि भएको छ ।

आयात १६.८, निर्यात २४.५ र कुल वस्तु व्यापार घाटा १५.९ प्रतिशतले घटेको देखिएको छ । 

विप्रेषण आप्रवाह (रेमिट्यान्स) नेपाली रुपैयाँमा २३.४ र अमेरिकी डलरमा १३.४ प्रतिशतले वृद्धि हुँदा शोधनान्तर स्थिति २ खर्ब १४ अर्ब ६७ करोडले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ ।

चालू आवको १० महिनामा १० खर्ब ०५ अर्ब १८ करोड रेमिट्यान्स भित्रिएको छ । यस अवधिमा अमेरिकी डलरमा ७ अर्ब ७० करोड रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकको तथ्यांक छ ।

बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ७.३ प्रतिशतले बढेको छ भने निजी क्षेत्रमा प्रवाहित कर्जा ३.१ प्रतिशतले बढेको छ ।

वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर ११.४ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ३.३ प्रतिशतले रहेको राष्ट्र बैंकले जनाएको छ ।

हेर्नुहोस्, तथ्यांक :

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x