असोज १३, २०८०
नेकपा एमाले कोशी प्रदेशको अधिवेशन विराटनगरमा जारी छ । ५ पदाधिकारीसहित २१५ सदस्य कार्यसमितिका लागि शनिवार दिउँसो मनोनयन फारम वितरण गरिएको छ । छनोट भएका ९९७ प्रतिनिधिका लागि ७ स...
काठमाडाैं | जेठ २६, २०८०
सर्वोच्च अदालतले १० वर्षे सशस्त्र युद्धको समयमा बाल सेना प्रयोग गरी युद्ध अपराध गरेको भन्दै प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध परेको रिट दर्ता गर्न आदेश दिएको छ ।
न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले शुक्रवार रिट दर्ता गर्न सर्वोच्च अदालत प्रशासनलाई आदेश दिएको हो ।
पूर्व बाल सेना लेनिन विष्टले प्रचण्डलाई विपक्षी बनाई सर्वोच्चमा जेठ १८ गते रिट निवेदन दिएका थिए । तर, सर्वोच्चले दर्ता गर्न मानेको थिएन ।
जेठ २६ गते रिट दर्ता गर्न आदेश भएको हो ।
रिटमा विष्टले आफूहरूलाई बाल सेनाको रूपमा परिभाषित गरी पहिचान दिलाई सोहीअनुसार राहत, परिपूरण, क्षतिपूर्ति र न्यायको माग गरेका छन् ।
शुक्रवार वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी, स्वागत नेपाल, विष्णु भट्टराईलगायतले बहस गरेका थिए ।
रिट दर्ता भएसँगै निवेदक विष्टले न्यायको आशा पलाएको बताए । ‘लामो समयसम्म हामीले न्याय पाउन सकेका थिएनौं, सर्वोच्चमा रिट दर्ता भएपछि न्याय पाउने आशा पलाएको छ,’ विष्टले लोकान्तरसँग भने ।
माओवादी जनयुद्धमा बाल सैनिक प्रयोग गरिएको भन्दै विष्टले संयुक्त राष्ट्रसंघीय निकायहरूमा पनि उजुरी गर्दै आएका थिए ।
नेकपा एमाले कोशी प्रदेशको अधिवेशन विराटनगरमा जारी छ । ५ पदाधिकारीसहित २१५ सदस्य कार्यसमितिका लागि शनिवार दिउँसो मनोनयन फारम वितरण गरिएको छ । छनोट भएका ९९७ प्रतिनिधिका लागि ७ स...
आन्दोलनरत चिकित्सक र सरकारबीच गृहमन्त्रालयमा वार्ता हुँदैछ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको सचिवालयले दिएको जानकारी अनुसार आन्दोलनरत चिकित्सकसँग शनिवार दिउँसो ४ बजेपछि वार्त...
नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य बढाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको शनिबार बसेको बैठकले ग्यासको मूल्य प्रतिसिलिन्डर २१५ रुपैयाँ बढाएको हो । यससँगै अब ग्यासको मूल्य २११० रुपैयाँ प...
नेकपा एमाले कोशी प्रदेश अध्यक्षका लागि दुई जनाले उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्षका लागि घनश्याम खतिवडा र विनोद ढकालले मनोनयन दर्ता गराएका छन् । खतिवडाको प्रस्तावकमा रामप्रसाद दंगाल रहेका छन् भने ...
आन्दोलनरत चिकित्सक र सरकारबीच गृह मन्त्रालयमा शनिवार साँझ वार्ता जारी छ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको सचिवालयले दिएको जानकारी अनुसार आन्दोलनरत चिकित्सकसँग शनिवार दिउँसो ४ बजेपछि वार्ता शुरू ...
नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलको बैठकमा नेताहरूबीच भनाभन भएको छ । शुक्रवार संसदीय दलको कार्यालयमा बसेको बैठकमा विवाद हुँदा बैठक पुस्तिका (माइन्युट) खोसाखोस भएको खुलेको छ । दलका नेता उद्धव ...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...