२६ जेठ २०८३, मंगलबार
प्रचण्डविरुद्ध अर्को मुद्दा

बालसेना प्रयोगबाट युद्ध अपराध गरेको भन्दै प्रचण्डविरुद्ध परेको रिट दर्ता गर्न सर्वोच्चको आदेश

जेठ २६, २०८०
काठमाडौं
बालसेना प्रयोगबाट युद्ध अपराध गरेको भन्दै प्रचण्डविरुद्ध परेको रिट दर्ता गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले १० वर्षे सशस्त्र युद्धको समयमा बाल सेना प्रयोग गरी युद्ध अपराध गरेको भन्दै प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध परेको रिट दर्ता गर्न आदेश दिएको छ ।

न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले शुक्रवार रिट दर्ता गर्न सर्वोच्च अदालत प्रशासनलाई आदेश दिएको हो । 

पूर्व बाल सेना लेनिन विष्टले प्रचण्डलाई विपक्षी बनाई सर्वोच्चमा जेठ १८ गते रिट निवेदन दिएका थिए । तर, सर्वोच्चले दर्ता गर्न मानेको थिएन । 

जेठ २६ गते रिट दर्ता गर्न आदेश भएको हो । 

रिटमा विष्टले आफूहरूलाई बाल सेनाको रूपमा परिभाषित गरी पहिचान दिलाई सोहीअनुसार राहत, परिपूरण, क्षतिपूर्ति र न्यायको माग गरेका छन् ।

शुक्रवार वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी, स्वागत नेपाल, विष्णु भट्टराईलगायतले बहस गरेका थिए ।

रिट दर्ता भएसँगै निवेदक विष्टले न्यायको आशा पलाएको बताए । ‘लामो समयसम्म हामीले न्याय पाउन सकेका थिएनौं, सर्वोच्चमा रिट दर्ता भएपछि न्याय पाउने आशा पलाएको छ,’ विष्टले लोकान्तरसँग भने ।

माओवादी जनयुद्धमा बाल सैनिक प्रयोग गरिएको भन्दै विष्टले संयुक्त राष्ट्रसंघीय निकायहरूमा पनि उजुरी गर्दै आएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्