२४ जेठ २०८३, आइतबार

ग्लोबल आइएमई बैंकका ग्राहकलाई लुम्बिनी केबलकारको टिकटमा १० प्रतिशत क्यासब्याक

जेठ २६, २०८०
काठमाडौं
ग्लोबल आइएमई बैंकका ग्राहकलाई लुम्बिनी केबलकारको टिकटमा १० प्रतिशत क्यासब्याक

ग्लोबल आइएमई बैंकका ग्राहकले लुम्बिनी केबलकारको टिकट खरिदमा १० प्रतिशत क्यासब्याक पाउने भएका छन् ।

बैंकले रुपन्देही जिल्लाको बुटवलस्थित लुम्बिनी केबलकारको टिकट खरिदमा क्यासब्याक उपलब्ध गराउने योजना सार्वजनिक गरेको हो । 

यो योजनाअन्र्तगत ग्लोबल आइएमई बैंकको मोबाइल एप्लिकेशन ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोगकर्ताले बैंकको क्यूआरमार्फत भुक्तानी गर्दा तथा डेबिट र क्रेडिट कार्ड प्रयोगकर्ताले बैंकको पीओएस मेसिनबाट टिकट खरिद गर्दा १० प्रतिशत तथा अधिकतम रु. १०० सम्म क्यासब्याक प्राप्त गर्नेछन् । यो योजना सीमित अवधिको लागि लागु रहने बैंकले जनाएको छ ।

आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले समय–समयमा यस्ता योजनाहरू ल्याएर ग्राहकहरूलाई प्रत्यक्षरुपमा लावान्भित गर्दै आएको छ ।

ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।

बैंकले ३ सय ५७ शाखा कार्यालय, ३ सय ५७ एटीएम, ३ सय २२ शाखारहित बैंकिङ सेवा, ६४ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १ हजार १ सयभन्दा बढी सेवा केन्द्रबाट ४० लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्