×

पुस्तक समीक्षा

‘कोरोनातन्त्र’ : बिम्बात्मक तथा व्यंग्यात्मक कृति

काठमाडाैं | जेठ २७, २०८०

  • अनु विज्ञाति

‘जसलाई हेर्ने कोही हुँदैनन्, उसलाई भगवान्ले हेर्छन्’ भन्ने आहान मैले सानैदेखि सुन्दै आएकी थिएँ तर भगवान्ले कसरी हेर्छन्, त्यो बारेमा मलाई थाहा थिएन ।

जब कोरोना महामारीले विश्वमा एकसाथ तहल्का मच्चाउन शुरू गर्‍यो, तब विश्व समुदायलाई एक अदृश्य शक्तिले आक्रान्त बनायो । संकट यति चुलियो कि त्यसबाट सुरक्षित अवतरण कसरी हुने भन्नेमा शक्ति, सामर्थ्य, विज्ञान र प्रविधिमा छलाङ मारेका शक्तिशाली देशहरू समेत अनभिज्ञ रहे ।


Advertisment

व्यक्ति, समाज र देश मात्र नभएर सारा विश्व अलमल्ल परेका बेला कोरोनासँग सम्बन्धित गरिएका नयाँ रिसर्च, त्यस्ता रिसर्च रिपोर्टमा उल्लेख भएका कुराहरू, महामारीले निम्त्याउन सक्ने सम्भावित अवस्था र बच्नका लागि नागरिकले खेल्नुपर्ने भूमिका र अपनाउनुपर्ने सतर्कताबारे तथ्यांक, सूचना र जानकारी लिएर समाजिक सञ्जालमा उपस्थित हुन थालेपछि मैले खासगरी डा. रवीन्द्र समीरलाई चिन्ने मौका पाएकी हुँ ।


Advertisment

जतिबेला सामाजिक सञ्जालमा उहाँको कोरोना अपडेट आउन थाल्यो, त्यो बेलासम्ममा आफ्नो कोठामा अलि ठूलो स्वरले खोक्दा समेत छिमेकीले ढोका बन्द गर्न थालिसकेका थिए । एकाएक परिवेश यसरी बिग्रिएर गएको थियो कि मानिसहरू कोरोनाको संक्रमणले मात्र नभएर कोरोना संक्रमणको डरले समेत सिकिस्त थिए । अस्पतालमा उपचार लिन जाँदा अस्पतालभित्र प्रवेश नपाई गेटबाट फर्किनुपरेका उदाहरणहरूको त समाजमा चाङ नै थियो ।

त्यो विषम परिस्थितिमा हामीले कोठाभित्र बसीबसी छिमेकीको खोकीसँग कति डराउने, कति नडराउने, आफ्नो शरीरमा देखिएका लक्षणको उपचार कसरी गर्ने, कस्तो जीवनयापन र आहारविहारमा जोड दिने, कोरोना सम्बन्धी विश्वमा के कस्ता अनुसन्धान भइरहेका छन् भन्ने कुराको शिक्षा र जानकारी एक जनस्वास्थ्य विज्ञबाट निरन्तर र निःशुल्क पाउनु भनेको जसको हेर्ने कोही छैन उसलाई भगवानले हेर्छन् भन्ने आहान बराबर थियो ।

हामीले कोठामा थुनिएर उहाँलाई सुनिरहँदा उहाँ भने हाम्रो संकटको साथी मात्र नबनी त्यो भयंकर क्षणका भयानक विषयहरूलाई लिपिको आकार दिई इतिहास सुरक्षित गर्नतर्फ पनि उत्तिनै लाग्नुभएको रहेछ, जसको फलस्वरूप कोरोना महामारीको लिखित दस्तावेज ‘कोरोनातन्त्र’ आज हाम्रो हातमा आइपुगेको छ । 

यो पुस्तकका हरेक पाना पल्टाउँदै जाँदा मैले फेरि एकपटक ती अत्यासलाग्दा दिनहरू, निराश लाग्दा समाचारहरू, निसास्सिँदा जीवनहरू र उदेक लाग्दा सरकारी पहलकदमीहरूलाई झल्झली सम्झिरहेकी छु । संकटको घडीमा हाम्रो प्रवृत्ति र मनोवृत्ति कस्तो हुँदो रहेछ ? त्यसको यथार्थ नमूना मैले कोरोनातन्त्रमा भेट्टाएकी छु ।

कोरोना संक्रमित तथा संक्रमणको आशंका भएका  बिरामीलाई अस्पतालमा फरक व्यवहार गर्नु, संक्रमितको जाँच र उपचार गर्न डाक्टरको लुगा लगाएर गार्ड पठाउनु, सहयोगको नाउँमा नून दिएर  सुन दिएकोझै हंगामा फैलाउनु र जस लिनु, ५ किलोको चामल हस्तान्तरणमा ५० जनाको हात थामिनु, कसलाई के सहयोग गर्नेभन्दा पनि कति कमिसन लिने भन्ने उत्कण्ठा भएका उच्च पदस्थहरूले आफ्नो परिवारले सहयोग माग्दा पनि मलाई के आउँछ भन्ने प्रश्न राख्नु जस्ता कथा पढ्दा मैले मेरै वरिपरिका धेरै अनुहारहरूलाई एकसाथदेखि रहें ।

कोरोनाको खोप लगाउन जाँदा खोप सकिएको भन्दै हामीलाई फिर्ता गर्ने स्वास्थ्यकर्मी, अब अर्को पटकको खोप आउँदा चाहिँ पक्का है भनेर मुसुक्क हाँस्ने खोप वितरणको भूमिका पाएका जनप्रतिनिधि, जसले  हामीभन्दा पछि खोप केन्द्र पुग्ने तर उनीहरूका लागि फलदायी बन्नसक्ने व्यक्तिलाई सम्मानपूर्वक खोप लगाएर पठाएको दृश्य यसभित्र भेटिएको छ । त्यसैले यसमा हाम्रो कथा छ भन्न सकिन्छ ।

लकडाउनको शुरूआती चरणमा विभिन्न मिष्ठान्न भोजन बनाएर फेसबुकभर पस्किने दिदीबहिनी, काकाकाकी, मामामाइजू, फूपू, छरछिमेकी सबै यहीँ पुस्तकमा भेटिनुहुन्छ, यस अर्थमा यो पुस्तक एक समाज बनेको छ ।

विदेशी भूमिमा उपचार नपाएर र हेरचार गर्ने आफन्त नभएर छट्पटिँदै देहत्याग गर्नुपरेका धेरै नेपाली दाजुभाइको कारुणिक दृश्य यसमा छापिएका छन् । निजी अस्पतालको लुट प्रणाली र त्यस्तै अस्पताललाई सरकारले दिने छुट प्रणालीको तीतो यथार्थ यसमा उल्लेख छ । यसले संकटमा सरकारले दिनसक्ने छुटको प्रयोग कि दुरुपयोग भन्ने प्रश्नले पाठकलाई कोतारी रहन्छ । यसर्थमा यसमा विद्यमान बेथितिको पर्दाफास छ भन्न सकिन्छ ।

नागरिकहरू जीवन कसरी बचाउन सकुँला भनेर तड्पिरहेका बेला तिनै जनताको जीउधनको रक्षा गर्ने सार्वभौम संयन्त्र चाहिँ कालमा पनि कमिसन खोजिरहेको चित्र प्रतिबिम्बित छ । सम्पत्ति, स्वाभिमान, संस्कार, सम्बन्ध भन्दा माथि मात्र नभएर कालभन्दा माथि रहेको ठान्ने मानवीय प्रवृत्तिसँग त सायद काल पनि जिल्लियो होलाझै लाग्दछ । यस्तो हर्कत र प्रवृत्ति कुनै न कुनै तवरले सरकारको अनुहारसँग मिलेजस्तो लाग्ने भएकाले यो पुस्तकमा सरकार छ भन्न सकिन्छ । 

लकडाउनले काम गर्न नपाएपछि भोक लाग्दा बच्चाहरूलाई टिस्यु पेपर पकाएर खुवाएको र फेरि भोक लाग्यो भनेछन् भने माक्स लगाइदिनु भनेर बुवाले आमालाई दिएको आदेशले त्यो बेला मान्छे कति निरीह हुनुपरेको थियो भन्ने चित्रण गरेको छ ।

यसमा छुटाउनै नहुने अर्को कुरा डाक्टर शर्माको सक्रिय भूमिका रहेको छ । इमान्दारदेखि लिएर बेइमानीसम्मका काम गर्नमा डाक्टर शर्माको पहल, रहर, विचार र दृष्टिकोण कुनै न कुनै तवरले हाम्रै वरिपरिका परिचित डाक्टर सा’पहरूसँग मिल्छ, जसले कथालाई सजीव बनाएको छ । 

कृति लेखनका लागि एकान्त, शान्त र अनुकूल वातावरण खोज्दै शहरबाट टाढा साथीको घर पुगेका सर्जक र साथी चाहिँ उस्तै वातावरण खोज्दै शहर पसेको कथा पढ्दा मान्छेलाई परिवर्तनले पार्ने प्रभावको फरक बुझ्न सकिन्छ ।

कथाका हरेक भागहरूमा शास्त्रमा उल्लेख भएका कुराहरूलाई युक्तिसंगत तवरले प्रस्तुत गर्नुले एउटा सर्जकले एउटा कृति जन्माउन कति धेरै कृति अध्ययन गर्नुपर्ने रहेछ भन्ने तथ्य उजागर भएको छ । शास्त्रसंगत भनाइ र प्रस्तुतिले पाठकलाई पठनमा चुम्बकलेझै आकर्षण गर्दछ । यसैगरी पुराना चलिआएका उखानलाई कोरोना महामारीसँगै प्रचलित उखानको रूपमा नविनता प्रदान गरी गरिएको प्रस्तुति एक उल्लेखनीय कार्य वा प्रयोग हो भन्नु अत्युक्ति नहोला ।

उल्लेख्य संख्यामा उत्कृष्ट कृति प्रकाशन गरिसक्नु भएका लेखक रवीन्द्र समीरको सूत्र उपन्यास ‘कोरोनातन्त्र’मा कोरोना भाइरसले विश्वमा गरेको निरंकुश शासनको कथा मात्र नभएर विश्व समुदायमा अभ्यास गरिएका लोकतन्त्र, कर्मचारीतन्त्र, समाजसेवातन्त्र, शासकीय तथा सेवाप्रदायक संयन्त्र र अरू पनि यस्तै धेरै तन्त्र र संयन्त्रहरूको यथार्थ चित्र र चरित्रको उत्कृष्ट रेखाचित्र भेट्टिएकाले यसमा विश्व छ भन्न फरक नपर्ला ।

यसर्थ मलाई लाग्छ, जसले समाज, देश र विश्वको इतिहासलाई सुरक्षित गर्दछ, हामीले उसलाई सुरक्षित गर्नुपर्दछ ।  

अन्त्यमा, विश्वले सामना गर्नुपरेको विचित्र अवस्थालाई बिम्बात्मक र व्यंग्यात्मक रूपमा प्रस्तुत गरी उकृष्ट पुस्तक सिर्जना गर्नुभएकोमा वरिष्ठ साहित्यकार रवीन्द्र समीरलाई धेरै बधाई तथा शुभकामना !
 

बैशाख ७, २०८१

दिवंगत साहित्यकार प्रकट पङ्गेनी (शिव) का प्रकाशन हुन बाँकी कृति गण्डकी प्रज्ञा–प्रतिष्ठानले प्रकाशन गरिदिने भएको छ ।  प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्चीको अध्यक्षतामा बिहीबार बसेको बैठकले गजलकार ...

जेठ २४, २०८१

शब्दाङ्कुर प्रकाशन र वर्तमान कविता समूहको आयोजनामा विश्व वातावरण दिवस (पर्यावरण दिवस)को अवसर पारेर  हरित काव्य गोष्ठी सम्पन्न भएको छ । बुधवार पशुपति क्षेत्रको किरातेश्वर मृगस्थलीस्थित सत्य सनातन बाबाको कुट...

कात्तिक २८, २०८०

गोपी मैनाली   कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् ।  ...

चैत ३०, २०८०

लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ ।  अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...

जेठ ५, २०८१

सू ब्रिजम्यानद्वारा लिखित ‘द सीक्यू एज’ पुस्तक सार्वजनिक गरिएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा लेखिका सू​को उपस्थितिमा पुस्तक सार्वजनिक गरिएको हो ।  अन्तर्राष्ट्रिय प्रकाशन ‘फो...

जेठ ९, २०८१

बहुप्रतिभाका धनी कीर्तिमानी गीतकार, कृतिकार डा. डीआर उपाध्याय/खनालको सिर्जनाले विश्वको कुना–कुनासम्म स्थान बनाएको छ । गिनिज बुक्स अफ रेकर्ड, बुक अफ अमेरिका, अष्ट्रेलिया, युकेलगायत विश्वका विभिन्न वल्र्ड रेक...

मुलुक सुशासनतिर अघि बढेको हो ?

मुलुक सुशासनतिर अघि बढेको हो ?

असार ५, २०८१

जबसम्म भ्रष्टाचार, अनियमितता र बेथिति रहन्छ, तबसम्म मुलुक सुशासनतिर जाँदैन । जबसम्म सुशासन कायम हुँदैन, तबसम्म मुलुक समृद्धितिर अघि बढ्दैन । सारमा भन्नु पर्दा समृद्धि पैसा वा धन सम्पत्ति मात्र होइन । समृद्धि जब हु...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

x