०७ असार २०८३, आइतबार

यस्तो छ नेपालमा चिनियाँ तस्करको जालो, कहिले - कहिले पक्राउ परे चिनियाँ

कात्तिक २०, २०७४
यस्तो छ नेपालमा चिनियाँ तस्करको जालो, कहिले - कहिले पक्राउ परे चिनियाँ

काठमाडौं, २४ भदौ - भारतीय तथा चिनियाँ तस्करले ०६० सालदेखि रक्तचन्दनको अवैध कारोबारका निम्ति नेपाली भूमि प्रयोग गरे । तातोपानी र रसुवा नाकाका भन्सार कर्मचारी, जिल्लादेखि केन्द्रसम्मका सुरक्षा निकायका उच्च अधिकृत र विभिन्न तहका नेताको संरक्षणमा चलेको यो धन्दा जारी छ,  ।

चीनमा विलासी फर्निचर बनाउन प्रयोग हुने रक्तचन्दको अवैध कारोवारमा नेपाली पक्षले पारवहन सहजकर्ताको भूमिका खेल्यो र त्यसबाट लाभान्वित आपराधिक समूह क्रमशः आर्थिक तथा संगठित अपराधसँग समेत जोडिँदै गए । यसका कारण नेपालको अन्तर्राष्ट्रिय जगत्मै बदनाम हुँदै जाँदा सरकारले हस्तक्षेप गर्न थाल्यो र तस्कर हच्कन थाले । त्यो अवस्थामा रक्तचन्दनका लागि जति पनि पैसा तिर्न तयार चिनियाँ तस्कर अन्य लाभकारी धन्दातर्फ मोडिए । जसमा डलर, सुन, वन्यजन्तुका अंगप्रत्यंग, जडीबुटीलगायत थुप्रै बस्तु पर्छन् ।

जानकारका अनुसार पछिल्ला वर्षमा नेपालमा चिनियाँ तस्करले जरो गाडेका छन् । आवरणमा होटल, रेस्टुराँ र अन्य व्यापार देखिए पनि विभिन्न अवैध धन्दाका कारण चिनियाँ व्यापारी सन्देहको घेरामा छन् ।८८ किलो सुन केरुङ नाकाबाट काठमाडौं ल्याएका चिनियाँ नागरिक वान विई मिङ ठमेलका होटल व्यवसायी हुन् ।

पछिल्लो समय चीनबाट भारी मात्रामा भित्रेका ठानिएका सुन नेपालका सुन पसलमा पनि प्रशस्तै बिक्री हुन्छ । जबकि त्यस्तो सुनका लागि लक्षित गन्तव्य भारतको विशालबजार हो ।गत वर्ष पुसमा प्रहरीले ८ किलो सुनसहित भूगोलपार्कस्थित भाग्यलक्ष्मी ज्वेलर्सका सञ्चालकद्वय विक्रम मित्तल र विवेक मित्तललाई पक्राउ गर्‍यो । उनीहरूलाई भारतीय नागरिक भागिरथ चौधरीले सुन सप्लाई गर्दै आएका थिए ।gold

चौधरीले ‘मामा’ उपनामका चिनियाँ तस्करबाट सुन बुझेर काठमाडौंका केही सुन पसललाई सप्लाई गर्दै आएका थिए । चिनियाँ तस्करले ल्याएको सुन नेपाली सुन व्यवसायीले खरिद गर्ने यो एउटा चोटिलो उदाहरण बन्यो । उक्त घटनाको अनुसन्धानले चिनियाँ तस्करले भारत मात्रै नभएर नेपालमा समेत आफ्नो जालो विस्तार गर्न खोजेको पुष्टि गरेको थियो, अन्नपूर्ण पोस्टमा खबर छ  ।

चिनियाँ नागरिक पक्राउ शृंखला

०७४ वैशाख २७

दुई लाख ७४ हजार अमेरिकी डलरसहित तीनजना पक्राउ

०७४ असार २१

२९६ थान यार्सागुम्बासहित एक पक्राउ

०७४ साउन १४

कछुवाको हड्डी र मुकुन्डोसहित पक्राउ

०७३ चैत २०

८० हजार ६ सय चार अमेरिकी डलर, दुई हजार नौ सय २५ चाइनिज यूआन र ३४ हजार भारतीय रुपैयाँ र रुद्राक्षका मालासहित एक पक्राउ ।

०७३ माघ १

साढे दुई लाख अमेरिकी डलर, एक लाख १८ हजार दुई सय १० यूरोसहित ६ जना पक्राउ

०७३ पुस १५

हुन्डीको ९५ लाख नेपाली रुपैयाँसहित चिनियाँ नागरिक झाओ यु पक्राउ

०७३ जेठ १६

तीन किलो एक सय ७७ ग्राम कोकिनसहित चुन मान पक्राउ

०७२ भदौ १०

६० हजार अमेरिकी डलरसहित यी वाङ पक्राउ

०७२ माघ १९

जडीबुटी र २ किलो रक्तचन्दनसहित तीनजना पक्राउ

०७१ चैत १२

एक लाख १३ हजार अमेरिकी डलरसहित यिङ लु पक्राउ

०७१ भदौ २२

६४ किलो रक्तचन्दनसहित दुई चिनियाँ नागरिक पक्राउ

०७१ जेठ १७

१० हजार अमेरिकी डलरसहित एक पक्राउ

०७० माघ १

८ किलो सुनसहित चेन रोङ जी पक्राउ

०७० चैत २२

४ लाख अमेरिकी डलरसहित १४ तिब्बती पक्राउ

०७० जेठ २३

हि वान र लि याङग मयूरको प्वाँख र दुई किलो रक्तचन्दनसहित पक्राउ

०६९ कात्तिक ६

दुई हजार ६ सय अवैध यूआनसहित दुई चिनियाँ पक्राउ

०६७ जेठ ८

४६ किलो सालकको खपटासहित दुई चिनियाँ पक्राउ

कमेन्ट गर्नुहोस्