०८ साउन २०८३, शुक्रबार

प्रस्तावित प्रधानन्यायाधीसको उजुरीमाथि आजदेखि छलफल हुने

जेठ ३१, २०८०
काठमाडौं
प्रस्तावित प्रधानन्यायाधीसको उजुरीमाथि आजदेखि छलफल हुने

प्रस्तावित​ प्रधानन्यायाधीस हरिकृष्ण कार्कीमाथिको उजुरीउपर बुधबारदेखि छलफल हुँदै छ । सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिको अघिल्लो बैठकले उनीमाथिका उजुरीउपर बुधबारदेखि छलफल गर्ने निर्णय गरेको थियो । 
    
समितिका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराको अध्यक्षतामा बसेको बैठकबाट हाल कामु प्रधानन्यायाधीस रहेका कार्कीका सम्बन्धमा विभिन्न २९ उजुरी परेका जनाइएको छ ।

बैठकमा उक्त उजुरी समितिका सदस्यलाई वितरण गरेको छ भने सदस्यले मङ्गलबार अध्ययन गरेपछि आज बुधबार बैठक राखेर उजुरीकर्तालाई बोलाइ छलफल गर्न लागिएको हो । समितिले बिहीबार कामु प्रधानन्यायाधीश कार्कीलाई बैठकमा बोलाएर सुनुवाइ प्रक्रिया टुङ्ग्याउने तयारी गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्