१० असार २०८३, बुधबार

कति छ भारतीय प्रधानमन्त्री मोदीको सम्पत्ति ?

कात्तिक २०, २०७४
कति छ भारतीय प्रधानमन्त्री मोदीको सम्पत्ति ?

नयाँ दिल्ली, २४ भदौ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी एकपटक विश्वका सबैभन्दा शक्तिशाली १०० जनाको सूचीमा परेका थिए । त्यसो त अहिले पनि मोदीलाई भारतको सबैभन्दा शक्तिशाली प्रधानमन्त्री भनिन्छ । शक्तिको केन्द्रमा रहेका प्रधानमन्त्री मोदीको सम्पत्ति कति छ त ?

भारतीय सञ्चारमाध्यमका अनुसार मोदीसँग २ करोड भारतीय रुपैयाँभन्दा बढीको सम्पत्ति छ । गत आर्थिक वर्ष सन् २०१५–१६ को तुलनामा आर्थिक वर्ष २०१६–१७ मा मोदीको सम्पत्ति १५ प्रतिशतले बढेको छ ।

पछिल्ला आर्थिक वर्ष २०१४–१५ र २०१६–१७ मा उनको सम्पत्ति क्रमश १.४१ करोड १.७३ करोड भारु थियो । मोदीसँग १ लाख ४९ हजार भारु नगद छ । मोदीसँग ४५ ग्राम तौलका सुनका रिङ छन् । जसको बजारमूल्य १ लाख २८ हजार भारतीय रुपैयाँ पर्छ ।

यस्तै स्टेट बैंक अफ इन्डियामा रहेको उनको बैंक १ लाख ३३ हजार भारु बचत छ । सोही बैंकमा मोदीले ९० लाख २६ हजार रुपैयाँ फिक्स्ड डिपोजिट गरेका छन् ।

प्रधानमन्त्री मोदीले गत आर्थिक वर्षमा सबै मिलाएर ५ लाख ७५ हजार रुपैयाँ भुक्तानी लिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्