२८ जेठ २०८३, बिहीबार

श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

जेठ ३१, २०८०
खोटाङ
श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

श्रीमती २८ वर्षीया सरीता तामाङको हत्या गरेको अभियोगमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-६ नेर्पा स्थायी घर भई हाल सोही नगरपालिका-७ दोर्पा डेरा गरी बस्ने ३२ वर्षीय बालजीत राईलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको    छ । 

घरायसी विवादको क्रममा बालजीतले खुकुरी प्रहार गर्दा सरिताको घटनास्थलमै मृत्यु भएको र बालजीत फरार रहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय खोटाङ  र प्रहरी चौकी चिउरीडाँडाबाट खटिएको प्रहरीले उनको खोजी गर्ने क्रममा घर नजिकै रहेको जङगलमा लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । 
 यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्