डेरा सच्चा सौदाको सिरसास्थित मुख्यालमा शुक्रवार खानतलाशीका बीचमा पाँच बच्चा फेला परेका छन् ।
सिरसामा पुगेका बीबीसीका सहयोगी प्रभु दयालका अनुसार उनीहरुको उमेर १४–१५ वर्षको रहेको छ । जबकी अन्य १८ वर्ष आसपासका थिए ।

रामरहीको डेरामा सर्च अभियान सेवानिवृत्त न्ययाधीश कोर्ट कमिसनर एकेएस पावरको अगुवाइमा भएको थियो ।
डेरा भित्रको रहस्य पत्ता लागाउका लागि दर्जनौं टीम डेरामा प्रवेश गरेका थिए ।
डेप्यूटी डाइरेक्टर सतीश मेहराले बताए अनुसार अहिलेसम्म कम्प्यूटर र हार्ड डिक्स मात्र फेला परेको छ जसलाई प्रशासनले आफ्नो कव्जामा लिएको छ भने केही कोठाहरुमा पनि प्रशासनले सील गरेको छ ।
उनका अनुसार त्यहाँ एक वाकिटकी पनि फेला परेको थियो । तलाशीमा फरमेसिक टीम पनि सहभागी छ ।
सिरसामा पछिल्लो १५ दिनदेखि रेल सेवा ठप्प छ । इन्टनेट सेवा पनि बन्द गरिएको छ । साथै डेरा नजिकको गाउ बाजेका, बेगु तथा नेजियामा शुक्रबार पनि कर्फ्यु लगाइएको थियो ।
गुरुमीत राम रहीमको चर्चित गुफाको पनि तलाशी शुरु भएको छ ।
सिरसा स्थित डेरा सच्चा सौदाको मुख्यालय ६८ साल देखि चलिरहेको छ । यो दुई क्षेत्रमा बाडिएको छ । यसको एक क्षेत्रमा ६ सय एकड जमिन छ भने अर्कोमा १ सय एकड जमिनमा फैलिएको छ ।
अल्ट्रा सुविधावाला १०० एकड ज.परिसरमा गुफा रहेको छ । यही डेरा प्रमुख पनि बस्थृे ।
डेरा परिसरमा एक रंगशाला, अस्पताल, शैक्षिक संस्था, विलाशी रिसोर्ट, बंगला तथा बजार पनि छ ।
यसको नाम पूर्व डेरा प्रमुख शाह सतनाम सिंहको नाममा राखिएको थियो । यहाँ राम रहीमका हजारौं समर्थक स्थायी रुपमा बस्छन् भने काम पनि गर्छन ्।